स्रष्टा परिचय:- पिता माेहन गिरी र माता लता गिरीकाे सुपुत्रीकाे रूपमा बि. सं २०३० श्रावण २५ गते बिराटनगरमा जन्मनु भएकि स्रष्टा ममता मृदुल जागिरकाे रूपमा हाल गाेरखापत्र संस्थानमा कार्यरत हुनुहुन्छ। जागीर जीवनकाे साथ साथै नेपाली भाषा साहित्यमा पनि निरन्तर कलम चलाउँदै अाउनु भएकि एक परिचित साहित्यकारकाे नाम हाे ममता मृदुल। २०४० सालदेखि लेखन अारम्भ गर्नु भएकि ममता मृदुल ज्यूले २०४१ सालमा ” माया” शिर्षककाे कविता नगवेली पत्रिकामा प्रकाशन गरेर चार दशक लामाे साहित्यिक यात्रामा निरन्तर हिडिरहनु भएकाे स्रष्टा हुनुहुन्छ। हालसम्म उहाँका प्रकाशित कृतिहरूमा १. अध्याराे रात कथा संङ्ग्रह – २०७० २.अभिजय कविता संङ्ग्रह- २०७३ ३.अधुराे नाता उपन्यास – २०७५ ४.अाखिर किन? कथा संङ्ग्रह- २०७६ ५. अंजुलीकाे पानी उपन्यास – २०७६ ६. सेलाएकाे सयपत्री लघुकथा संङ्ग्रह- २०७७ २०५० सालदेखि निरन्तर अाख्यान बिधामा कलम चलाउदै पुष्पलता कथा संङ्ग्रह पुष्पलता अाचार्य ब्यक्तित्व भाग १,२,३, काे सम्पादन समेत गर्नु भएकाे छ। अाधुनिक नेपाली लघुकथा पेजमा निरन्तर कथा पाेष्ट गर्दै अाउनु भएकि साहित्यकार/ लघुकथाकार ममता मृदुलककाे लघुकथालाई आज खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताको कामना गर्दछाै
लघुकथा :-मूल्य
मजदुरहरुले विभिन्न मागहरु राखेर आन्दोलन गर्न थालेपछि कारखाना मालिक हरिप्रसादलाई ठूलो समस्या आइपयो । कारखानाले तत्काल मजदुरहरुलाई थप सहयोग गर्न सक्ने अवस्था थिएन । तर मजदुर नेताहरु कुरै सुन्न तयार थिएनन् ।
दस दिन भयो, आन्दोलन चर्किरहेको छ । समस्या ज्यूँका त्यूँ छ । आन्दोलनकारीहरु चनाचिउराको सहारामा आन्दोलन गरिहेका छन् । यस्तै हो भने मजदुरहरुले जोशमा कारखाना नजलाउलान् भन्ने के छ ।
हरिप्रसादलाई ठूलो समस्या पयो । ऊ चिन्ताग्रस्त भइरहेको बेला छोरा आएर भन्यो, बुबा के भो ?
हरिप्रसादले कारखाना मजदुरहरुले हड्ताल गरिरहेको र मजदुर नेता सहमतिमै आउन नचाहेको
बताए । हरिप्रसादको छोरो कृष्ण वास्तवमा एउटा कामको सिलसिलामा केही रकम खाँचो परेकोले बाउसित लिन आएका थिए ।
उसले एकछिन सोच्यो । त्यसपछि बाउलाई भन्यो, बुवा पाँचलाख दिनुस् । म आन्दोलन बन्द गराइदिन्छु । छोराको कुरा नपत्याए पनि पैसा दिए ।
भोलिपल्ट बिहान कारखानामा सुचना टाँसिएको थियो ।
मजदुरहरुको हितलाई ध्यानमा राखेर केही समयको लागि आन्दोलन स्थगित गरिएको छ । सूचना पढेपछि सबैजना मजदुर काममा फर्कन थाले ।
तीन लाखमा मै नेताले आन्दोलन फिर्ता लिएका थिए ।



