स्रष्टा परिचय / प्रेम राई “परीक्षित”

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता मंन्दिर जंग राई र माता शुक्रमाया राईकाे सुपुत्रकाे रूपमा बि.सं.२०२५ बैषाक २० गते खाेटाङ जिल्ला सिम्पानी ५ मा जन्मिनु भएका कवि/ साहित्यकार प्रेम राई” परीक्षित” साहित्यकाे बिबिध बिधामा कलम चलाउदै अाउनु भएकाे स्रष्टा हुनुहुन्छ। कविता, गीत, गजल, मुक्तक उहाँकाे बिधागत साहित्यिक लेखनका क्षेत्रहरू हुन। सजाई राख मायालु याैवनका कथाहरू गीत नै पहिलाे साहित्यिक रचना हाे उहाँकाे। रेडियाे नेपालबाट ” राेएकाे अाँसु रूमालले पुछाैला” उहाँकाे पहिलाे प्रसारण भएकाे गीत हाे भने हिमशिखर मासिकमा २०४८ मा ” नव बर्ष पहिलाे प्रकाशित कविता हाे।रेडियाे नेपालकाे बालकार्यक्रमबाट ऋतु चक्र पहिलाे वाचन भएकाे कविता हाे उहाँकाे। उहाँका प्रकाशित कृतिहरूमा १. सहिदकाे सपना कविता संङ्ग्रह-२०४७ २.वास्तविक चीत्कार नाटम- २०५२ ३.बाल सर्गम ( बालगीत एल्बम ) २०७० ४.सेभ अावर इन्भाइराेमेन्ट( एकाङ्की)२०५३ ५.विभिन्न पत्रपत्रिकामा सयाैंकाे संख्यामा प्रकाशित अन्य फुटकर कविता, गीत, गजल, मुक्तक तथा हाइकुहरू। उहाँले प्राप्त गर्नु भएका साहित्यिक पुरस्कार तथा सम्मान। १ . गीत सिर्जनामा विशेष याेगदान गरे बापत रेडियाे नेपालबाट बिशिष्ठ श्रेणीकाे गीतकारबाट सम्मानित – २०७६ २.रेडियाे नेपालद्वारा अायाेजित राष्ट्रव्यापी बालगीत प्रतियोगितामा उत्कृष्ट गीत रचना पुरस्कार- २०५३ ३.सहिद शुक्रराज शास्त्री उपत्यकाव्यापी मविता प्रतियोगितामा प्रथम पुरस्कार- २०४८ ४.राष्ट्रिय वातावरण गीत प्रतियोगितामा प्रथम पुरस्कार- २०५३ ५. हिम शिखर मासिकद्वारा साहित्य स्रष्टा सम्मान २०५३ ६.नेपालका प्रथम राष्ट्रपति परमान्द झा ज्यूबाट शिक्षा एवं साहित्यमा सेवा गरेवापत सम्मानित ७. संसाक मासिक द्वारा संसाक किरानचाेक कला संस्कृति पुरस्कार २०७६ गरि दुई दर्जन भन्दा बढि साहित्यिक संघ संस्थाबाट सम्मानित हुने भएकाे स्रष्टा प्रेम सरका एक दर्जन जति कृतिहरू प्रकाशाेन्मुख रहेका छन्। भारत, ईजिप्ट संयुक्त अरब इमिरेट लगाएतका देशहरू भ्रमण गरिसक्नु भएका कवि / लघुकथाकार प्रेम राई “परिक्षित ” ज्यू ले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई अाज हामीले स्रष्टा परिचय सहित खाेज अनलाइन डट कममा प्रकाशित गरेमि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघु कथा
हराएको बार्बि डल

– खै त बाबा मेरो खेलौना अनि चकलेट? हजुर बिदेश बाट आउँदा ल्याईदिन्छु भन्नू भाको हैन र?

सानीले प्रश्नले बरबोटे माईला एकछिन रन्थनियो किनकी कत्ती रहरले छोरीको लागि ल्याएको जाबो एउटा खेलौना पनि चकलेट एयरपोर्टमा जफत गरिएको थियो।

तिमीलाई ल्याई दिएको खेलौना त एयरपोर्ट्बाट छिराउनै दिएन।खोसेर राख्यो नि नानू, मैले ल्याउनै सकिन।
बरबोटे माईलाको आँखाभरी आँसु टल्पलाई रहेका थिए।आफ्नो छोरीको अनुहारमा बुबा बिदेशबाट आएको कुनै आभाष नै थिएन।ऊ आज जीवनमा पहिलो चोटि निक्कै खिन्न थियो।

-दु:ख नमान छोरी, त्यो नभएर के भो त? यी कत्ती राम्रो नाना ल्याई दिएको छु नि तिमीलाई।उसले फकाउने प्रायास गर्यो छोरीलाई।

बाबा….बाबा ! मैले सुनेको थिएँ।हाम्रो एयर्पोर्टबाट किलोका किलो सुन छिर्छ रे।खै त्यो खान नहुने कुरा नि सजिलै छिर्छ रे।त्यो वाईड बडि भन्ने प्लेन त छिरेको रे पल्लो घरको अङ्कलले भन्नू भाको नि। तर हाम्रो एउटा यति सानो खेलौना चाहि किन नछिरेको बाबा?

बरबोटे माईला नाजबाफ थियो छोरीको प्रश्नले
उसले आफैलाई सोध्यो- साच्चै किन यस्तो हुन्छ हँ?
यत्रो तेत्तीस किलो छिर्ने ठाउँमा मेरो छोरीको यति सानो बार्बी डल किन छिर्दैन हँ ? छोरीहरुको यति सानो खुसी पनि राज्य किन देखि सहदैन?

बस् उत्निखेरै छिमेकिको सानी छोरी नयाँ बार्बी डल खेलाउँदै त्यहाँ आईपुगिन्।उसले चारैतिरबाट हेर्यो त्यो डललाई।त्यो उसकै डल थियो जुन एयरपोर्टमा केेहि दिन अघि मात्र जफत भएको थियो।त्यो डलमा उसले राखेको निशान अझै ताजै थियो।उसको छिमेकी भर्खर भर्खर एयर्पोर्टमा सरुवा भएर आएको थियो।
ऊ केही बोल्न सकेन बस् हेरि मात्र रह्यो छोरीको त्यो मलिन अनुहार र आफ्नो निरीहता…

यसमा तपाइको मत