स्रष्टा परिचय / प्रा. डा. कपिल लामिछाने

- प्रस्तुति : तारा के सी


पिता शुकदेव लामिछाने र माता सुकुमाया लामिछानेकाे सुपुत्रकाे रूपमा बि.सं.२०१५ असाेज २४ गते साविककाे माझठाना गा. बि . स . १ कास्की मा जन्मनु भएका प्रा. डा. कपिल लामिछाने ज्यू त्रिभुवन बिश्वबिद्धालयमा प्राध्यापक हुनुहुन्छ। उहाँले नेपाली लाेक साहित्यमा विद्यावारिधि गर्नु भएकाे छ भने उहाँ नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञ सभा सदस्य हुनुहुन्छ। नेपाली भाषा साहित्यमा उल्लेखनिय याेगदान दिदै अाउनु भएकाे कपिल लामिछाने ज्यूकाे पहिलाे प्रकाशित लघुकथा ” कुप्राहरूकाे देशमा” अणु साहित्यिक पत्रिकामा २०४४ मा प्रकाशित भएकाे थियाे। उहाँका प्रकाशित लघुकथाका कृतिहरूमा:- १.अन्यथा – २०५४ २.जनमानव -२०६१ ३.बाेन्साई – २०६८ ४.विस्थापन – २०७५ उहाँ बाटुली- खिलाध्वज लघुकथा सम्मान २०७४ बाट सम्मानित हुनुभएकाे छ। लघुकथाकार प्रा.डा. कपिल लामिछाने ज्यूले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गर्न पाउँदा हामी हर्षित भएका छाै। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताको कामना गर्दछाै ।

लघुकथा :: एकमात्र चिन्ता
डा. कपिल लामिछाने
—
उनी सधैँ प्रफुल्ल देखिन्थे, तर आज अचानक उनका अनुहारमा विषादका रेखाहरू कोरिए ।
मैले सोधेँ, “होइन हजुर, मनमा केही खेलेको छ ?”
एक छिन मौन बसेपछि उनले भक्कानिदै भने, “छ ?”
“के ?”
“यही कि कोरोना भाइरसका कारण शक्तिशाली अमेरिकामा पनि लाखौँ मानिस मरिसके ।”
मैले अनायास भनेँ, “नआत्तिनुस् । तपाईंलाईं केही हुन्न ।”
“अरू देशमा पनि हजारौँ मरिराछन् ।”
“नआत्तिनुस् । तपाईंलाईं केही पनि हुन्न ।”
“हाम्रो देशमा पनि सङ्क्रमण बढ्यो । सयौँ सङ्क्रमित भइसके ।”
“नआत्तिनुस् । कोही मरेको छैन ।”
“मरिहाले भने । सबै मरिहाले भने ।”
“सबै मरे पनि तपाईंको परिवार र इष्टमित्रलाई केही हुन्न ।”
“इष्टमित्रलाई केही भइहाल्यो भने ।”
“नआत्तिनुस् । इष्टमित्रलाई केही भइहाले पनि परिवारलाई केही हुन्न ।”
“परिवारलाई केही भइहाल्यो भने ।”
“लौ परिवारका जम्मैलाई केही भइहाले पनि तपाईंलाई चाहिँ केही हुन्न । यो चाहिँ पक्का हो !”
“पक्का ?”
“पक्का । तैपनि तपाईंका अनुहारमा विषादको छायाँ मडारिएको देख्छु । संसारमा यत्तिका मान्छे मरेको हुँदा मनमा गहिरो चिन्ता भएजस्तो छ ।”
“होइन, मलाई यतिका मान्छे मरे वा मर्लान् भन्ने चिन्ता छैन । आखिर मरी जाने चोला हो ।”
“अनि ?” मैले नबुझेर फेरि सोधेँ ।
“मात्र यही एकमात्र चिन्ता छ कि संसारमा सबै मानिस मरिसकेपछि, अन्तमा म मर्दा मलाई घाटमा कसले लैजाला ?”
—

यसमा तपाइको मत