स्रष्टा परिचय / नवराज कोइराला

- प्रस्तुति : तारा के सी


लघुकथाकार नवराज कोइरालाको जन्म वि.स. २०३५ असोज २८ गतेका दिन चितवन, नारायणपुर ५ मा स्व.सत्यदेवी कोइराला एवम् पद्मपाणी कोइरालाका कान्छा सुपुत्रका रुपमा भएको थियो । उनी हाल चितवन, नारायणगढमा रहेर व्यापार व्यवसायमा संलग्न रहेका छन् । उनले रेड स्टार क्लब, द रेयुकाई एवम् रेडक्रसमा आफ्नो संलग्नता देखाएको पाइन्छ । प्रस्तुत छ, लघुकथाकार नवराज कोइरालाको लघुकथा ः
लघुकथा:- समझदारी
नवराज कोइराला
उनले रिसाउँदै छेउमा बसिरहेका श्रीमानलाई ठुलो स्वरमा भनिन्,” सुन्नुस् त! तपाईले सारा गुनासा म माथी नै किन खन्याउनु हुन्छ हँ? श्रीमतीको कुरा सुनेर श्रीमानले मुस्कुराउँदै जवाफ दिन्छन् ,” मेरो सारा बिश्वास र भरोसा पनि तिमि माथि नै थियो नि त | श्रीमानको कुरा सुनेर अल्लि मधुर स्वरमा उनले सम्झाउदै फेरि भनिन् ,” हेर्नुस्! जिन्दगीमा आउने हरेक मौकाहरुको फाईदा उठाउनुहोस् तर कसैको भरोसा अनि बिश्वासको होइन |
मन्छेको असली चरित्र त्येति बेला अगाडी आउने गर्छ जति बेला उसमा नशा चढ्ने गर्छ | नशा चाहे पैसाको होस् या रुपको अथवा रक्सीको । जब तपाईंको खराब सयम आउँछ तब तपाईको बुद्धि पनि घाँस खान जान्छ | त्यसपछि तपाईले चाहेर पनि सहि निर्णय लिन सक्नुहुन्न | मान्छे कोहि पनि खराब हुदैनन् | जब एउटै मान्छे संग तपाइको प्रेम पनि घृणा पनि हुन्छ | तब चाहेर पनि तपाईले उसलाई भुल्न सक्नु हुन्न |
तपाईले जो माथी आँखा बन्द गरेर बिश्वास गर्नु हुन्छ अन्तिममा उसैले नै तपाइको आँखा खोलिदिने गर्छ बुझ्नु भयो? ल! अब म यो घरमा एकछिन पनि बस्नु छैन भन्दै झोला के बोकेकी थिइन, छेउमै बसेका श्रीमानको आँखाबाट पिलपिल आँसु बग्न थालेको देखेर अबका दिनदेखि नयाँ जिन्दगी जिउने कसम खाँदै दुबै जना मिलेर बस्ने निर्णय गर्छन् !!

यसमा तपाइको मत