मनोज गजुरेलले पनि दोस्रो बिहे गर्ने


हास्य कलाकार मनोज गजुरेलले पनि दोस्रो बिहे गर्ने भएका छन्।

एपीवान टेलिभिजनसँगको अन्तर्वार्तामा उनले आफू दोस्रो बिहे गर्न लागेको जानकारी दिएका हुन्।

अन्तर्वार्तामा उनले भनेका छन्, ‘चाँडै नै सबैको शुभकामना, सल्लाहअनुसार मैले कोही साथी जीवनमा जोड्दै छु। हामी जोडिदै छौं।’

तर कोसँग र कहिले विवाह गर्दै छन् भन्ने कुरा उनले खुलाएनन्।  यसअघि उनले मीना ढकालसँग सम्बन्ध-विच्छेद गरेका थिए।

आजै मात्र नायिका श्वेता खड्काले दोस्रो विवाह गर्दै छिन्।

 

यसमा तपाइको मत