स्रष्टा परिचय:- पिता प्रेम प्रसाद थापा र माता यशाेधा देवी थापाकाे सुपुत्रकाे रूपमा बि.सं २०२३ पुस ५ मा थाङ्कानफाई सदर हिल्स साइकुल मणिपुरमा जन्मिनु भएका स्रष्टा देवीप्रसाद थापा ज्यू सन् १९८८ देखि शिक्षण पेसामा आबद्ध हुँदै अाउनु भएकाे छ। साहित्य साधनामा निरन्तर लागि रहनु भएका थापाज्यू ले अामा, बाबा,सासू , माइती र एकथाेपा अाँशु नेपाली लघुकथा कृति , “इचे शर्मीला” मणिपुर कविता संङ्ग्रह, “काैब्रेकाे काखबाट” नेपाली कविता संङ्ग्रह प्रकाशित गरिसक्नु भएकाे छ। विभिन्न साहित्यिक तथा सामाजिक संघ संस्थामा रहेर काम गर्दै अाउनु भएका लघुकथाकार देवीप्रसाद थापा ज्यू संयुक्त सचिव गाेर्खा सुधार संघ मणिपुर, संयाेजक सचिव – नेपाली संस्कृति सुरक्षा परिषद मणिपुर,उपदेष्टा न. यू. स काङ्लाताेङ्बी , अाजिवन सदस्य – भारतिय गाेर्खा परिसंघ मणिपुर उहाँ समंलग्न भएका संघ संस्थाहरू हुन। उहाँले प्राप्त गर्नु भएका पुरस्कार र सम्मानहरूमा- काङ्लाताेङ्बी गाेर्खा यूवा संघद्वारा गाउँकाे उत्कृष्ट ब्यक्तित्व सम्मान -२०१५ ,गाेर्खा ज्याेती प्रकाशन मणिपुरद्वारा उत्कृष्ट लघुकथाकार सम्मान- २०१८ रहहेका छन्। अाधुनिक नेपाली लघुकथा पेजमा निरन्तर लघुकथा पाेष्ट गर्दै अाउनु भएका स्रष्टा देवीप्रसाद थापा ज्यूकाे लघुकथालाई खाेज अनलाइन डट कम मा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा: प्रश्न
लेखक: देबीप्रसाद थापा’मामा’
काङ्लातोङ्बी,मणिपुर ।
एउटा सुगाले सुगेनीलाई भन्यो,”प्रिय ! आज भीड सहरमा एउटा दुखःद घटना घट्यो ।”
“कस्तो घटना ?” सुगेनीले तत्कालै प्रश्न गरि ।
“पाँचजना लोग्नेमान्छेहरूले एउटी अबोध नारीलाई बलत्कार गर्ने चेष्टा गरे,”बोल्दा बोल्दै सुगा रोकियो ।
“अनि के भयो ?”सुगेनीले पुनः प्रश्नै गरि ।
सुगाले उत्तर दियो,”अनि के हुनु थियो र ? अचानक एकहुल कुकुरहरू अाएर विचरीको इज्जत बचाए !”



