स्रष्टा परिचय:- पिता पुर्णचन्द्र घिमिरे र माता भिष्मकुमारी घिमिरेकाे सुपुत्रकाे रूपमा बि.सं. २०२८चैत २८गते मध्धेनेपाल नगरपालिका -६ भाेर्लेटार लमजुङमा जन्मनु भएका स्रष्टा रमेशचन्द्र घिमिरे ज्यूले त्रिभुवन बिश्वबिद्धालय कीर्तिपुर काठमाडौंबाट स्नातकोत्तर सम्मकाे शिक्षा हासिल गर्नुभएकाे छ। २०४६मा साप्ताहि विमर्शमा ” पुड्केकाे कुड्के” हास्य व्यङ्ग्य कथा पहिलाे रचनाकाे रूपमा प्रकाशित भएकाे थियाे। विशेष गरेर बालसाहित्यमा कलम चलाउदै अाउनु भएका घिमिरे ज्यूले हाल लघुकथा बिधामा पनि अभिरूचिका साथ अाफ्नाे कलम चलाईरहनु भएकाे छ। उहाँका प्रकाशित बालकृतिहरूमा, ” मलाई माया गर्ने काे काे( बालचित्र पुस्तक) ” सानी पुतली” ( बाल चित्र कविता) प्रकाशित छन्। दर्जनाै संघ संस्थाबाट सम्मान र पुरस्कार प्राप्त गरिसक्नु भएका घिमिरे ज्यू हाल ईशानेश्वर क्याम्पस भाेर्लेटार लमजुङकाे क्याम्पस प्रमुख र श्री ईशानेश्वर उच्च मा.वि का शिक्षककाे रूपमा कार्यरत हुनुहुन्छ। नेपाल रेडक्रस साेसाइटी भाेर्लेटारकाे सचिव,सारङ्गी न्युज डट. कम बालसाहित्य संयाेजक र विभिन्न साहित्यिक संघ संस्थामा अाबद्व रहेर नेपाली भाषा र साहित्यकाे सेवा गरिरहनु भएका एक स्रष्टा हुनुहुन्छ। उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताको कामना गर्दै उहाँले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथाला आज खाेज अनलाइन डट . कम. मा प्रकाशित गरेकि छु।
लघुकथा : समयको माग
– रमेशचन्द्र घिमिरे
गाउँमा स्कुल खोल्ने भनेर हजुरबाहरूले भैँसी बेचेर चन्दा हाले ।
काकाहरूले किताब बोक्ने झोलामा खोलाका बालुवा ल्याए र स्कुलमा गारो लगाउन मद्दत गरे ।
सरहरूले साह्रै नै कर गरेपछि खाजा ख्वाउने सर्तमा ठूल्दाइहरूले वनबाट काठ-फलिका ओसारे अनि स्कुलमा झ्याल-ढोका बन्यो ।
ज-जसले जे सके त्यही गरे अनि स्कुलले आकार लियो ।
भाइहरूले चाहिँ `सरहरूले कोठामा पङ्खा पनि नराख्दिएका´ भनेर आन्दोलन गरे र कक्षाकोठामा ताला लगाएर हेडसरलाई घेर्न पुगे ।
– भोर्लेटार, लमजुङ
(२०७७/०२/२२)



