लघुकथाकार राजकुमार श्रेष्ठको जन्म स्व. चन्द्रमाया श्रेष्ठ एवम् धनबहादुर श्रेष्ठका सुपुत्रका रुमा २०३४ जेष्ठ २४ मा झापा जिल्लाको दमकको वडा नं १० मा भएको थियो । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । उनको पहिलो लघुकथा बाध्यता, २०७४ मंसीर ९ मा हाम्रो दमक अनलाइन पत्रिकामा प्रकाशित भएको थियो । प्रिन्ट मिडियामा छापिएको उनको पहिलो लघुकथा फेसबुक स्टाटस, वर्ष ३, अंक ३७, २०७५ वैशाख २५ मा निजगढ समाचार साप्ताहिकमा प्रकाशित भएको थियो । उनले लेटाङ्ग, मोरङबाट प्रकाशित हुने मिरमिरे बिहानी मासिक साहित्यक पत्रिकाको बजार व्यव्स्थापक रहेर कार्य गरेको पाइन्छ । उनी श्रीचन्द्रमाया श्रेष्ठ स्मृति प्रतिष्ठान, दमकको संस्थापक, नेपाल कमर्सियल आर्टिस्ट संघको सदस्य, तिमो सिर्जना मेरो आवाज फेसबुक साहित्यिक कार्यक्रमको प्रस्तोता भएर कार्य गरेको छन् । उनी हाल बहराइनको एक सेक्युरिटी कम्पनीमा कार्यरत रहेका छन् । प्रस्तुत छ ः लघुकथाकार राजकुमार श्रेष्ठको लघुकथा ः
लघु कथा – सफलता
राजकुमार श्रेष्ठ
वीरबहादुर अरूको सफलतामा डाह गर्ने मान्छे थियो । आफू पनि केही गर्न नजान्ने, जाने पनि ढङ्ग पुर्याएर केही गर्न नसक्ने । ऊ सधै अरूको खुशीमा बाधा, अबरोध गर्ने गर्थ्यो । स्कुल पढ्दा, एकपल्ट क्लास वर्क छिटो छिटो गरेर सरलाई देखाउदा समेत मान बहादुरको अंग्रेज़ी नोट कापी नै च्याति दिएको थियो । ऊ स्कुलको प्रतियोगीताहरूमा भाग लिएर जित्न नसक्दा समेत झगडा गर्दथ्यो । कसैले झगडालु भन्दथे भने कसैले एकलकाँटे, स्वार्थी, मान्छेको नाममा कलंक आदि । त्यसैले स्कुल जाँदा आउदा समेत कुटाकुट पनि हुन्थ्यो ।
मान बहादुर अरूलाई कहिल्यै बिझाउदैन्थ्यो ।उसले अरूलाई इज्जतका साथ सम्मान गर्थ्यो ।उसले पनि अरूबाट सम्मान, इज्जत पाउथ्यो । त्यसैले उसका साथीहरू धेरै थिए । ऊ सबैको प्यारो हुन्थ्यो । सर, मिसहरू पनि उसको पढाई देखेर खुशी हुन्थे । उसले फस्ट डिभिजनमा एस. इ. इ. पास गर्यो । यसरी, उसले बिध्यार्थी जीवन कालमा सधै राम्रो काम गरिरहयो ।
एक दिन गाउँको एउटा सामाजिक सस्थाले जेष्ठ नागरिक अभिनन्दन कार्यक्रम गर्यो । सस्थाले मान बहादुरलाई पनि सम्मान गर्न निमन्त्रणा गर्यो । कार्यक्रममा समाजका विभिन्न क्षेत्रहरू मा विशेष योगदान पुर्याउने सामाजिक ब्यक्तित्वहरूको उपस्थिति थियो । मान बहादुर लगायत बिशेष ब्यक्तिहरूलाई मञ्चमा पालैपालो बोलाउदै सबैलाई आदर, सम्मान पुर्बक अबिर, फूल, माला लगाइ दिए । पालैपालो दोसल्ला ओढाइदिए । ऊ सम्मानित भयो सबैले राम्रो मान्छे भनेर चिन्यो ।
वीरबहादुर पनि त्यहाँ उपस्थित थियो । त्यहा कार्यक्रममा उसले फेरि झगडा गर्न खोज्यो । सबैले गाली गरे । उसले भन्दै थियो, पढेर ठूलो भएर के गर्नु र ? न जागिर पाइने न ठूलो भएर आकाश छुने ? आखिर, बिदेशै नगै हुन्न । म पनि अब नेताको पछि लाग्छु, राजनीति गर्छु अनि त्यहाँबाट सफलता कमाएको देखाउछु तिमेरलाइ । केही मान्छेले भन्दै थिए, लौ नाप्ने भईस् बिरे । कोही भन्दै थिए, राम्रो मान्छे सबै ठाउँमा राम्रै हुन्छ, नराम्रो मान्छे जाँही पनि नरामै हुन्छ ।



