स्रष्टा परिचय:- पिता स्व.प्रमुख सेनानी मीनबहादुर खत्री र माता स्व. मिठु खत्रीकाे सुपुत्रकाे रूपमा बि .सं २०२४बैषाक १४ गते काठमाडौ सामाखुशीमा जन्मिएका स्रष्टा लघुकथाकार अरूणबहादुर खत्री ” नदी” ले बि.वि.एस सम्मकाे शिक्षा हासिल गर्दै हाल निजामती सेवामा कार्यरत हुनुहुन्छ। सानैदेखि भाषा साहित्यमा कलम चलाउँदै अाउनु भएका स्रष्टा अरूणबहादुर खत्री ” नदी” दर्जनाै पुस्तकहरू लेखी दर्जनाै संघ संस्थाबाट पुरस्कृत र सम्मानित हुनुहुन्छ। लघुकथामा विशेष कलम चलाउने स्रष्टा अरूणबहादुर खत्री सरका लघुकथाहरू विभिन्न पत्रपत्रिकामा र रेडियाे नेपालकाे ” साहित्य संसार ” कार्यक्रमबाट पनि हामीले सुन्दै र पढ्दै अाएका छाै।
अाज मैले अरूणबहादुर खत्री “नदी” ले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट . कम. मा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा
विमोचन कार्यक्रम
अरुण नदी खत्री
साहित्यकार रामप्रसादले आफ्नो कथासङ्ग्रहको पाण्डुलिपि तयार गरेर अग्रज साहित्यकारहरूलाई लगेर देखायो र भूमिका लेख्न आग्रह गरेर आफ्नो कथा सङ्ग्रह प्रकाशित ग¥यो अनि विमोचनको कार्यक्रममा उसको कृतिको चर्चाका लागि उसले एकजना मन्त्रीलाई गएर भेटेर भन्यो – “हजुरले मेरो कथासङ्ग्रहको प्रमुख अतिथि बनेर विमोचन गरिदिनु प¥यो !” मन्त्रीले “ म तपाईंहरू जस्तो कथा कविता लेख्ने साहित्यकार परिन तपाईंले आफ्नो कथा सङ्ग्रहको निम्ति वरिष्ठ साहित्यकारलाई भेटेर यो कुरा भन्नुभएमा धेरै राम्रो हुने थियो” भने । “हजुर मन्त्री हुनु भएकोले विमोचन गरिदिनु भयो भने विभिन्न ठाउँबाट टेलिभिजनहरू आएर हाम्रो कार्यक्रम खिंचेर समाचारमा देख्न पाइन्थ्यो” कृतिका लेखक रामप्रसादले भने ।
“तपाईंले वरिष्ठ साहित्यकारलाई आफ्नो पुस्तकको विमोचन गराउन बोलाउनु भयो भने पनि टेलिभिजन आएर खिंचिहाल्छन् नि !” मन्त्रीले भने ।
“अहिले राजनीतिक द्वन्द्व चलेको युगमा देशका राजनीतिक व्यक्तिहरूको कार्यक्रममा मात्र टेलिभिजनहरू पुगेको हामीले देखेका छौंं ” कृतिका लेखक रामप्रसादले भने पछि मन्त्रीले विमोचन गर्न स्वीकार गरे । तर विमोचन कार्यक्रममा कार्यव्यस्तता भन्दै मन्त्री आएनन् र टेलिभिजन क्यामरा पनि देखिएनन् । विमोचन एक जना वृद्ध साहित्यकारका हातबाट नै भयो । यसको खबर कतै पनि प्रकाशित प्रचारित नभएको देखेर लेखक रामप्रसाद पुर्पुरोमा हात राखेर झोक्रिए !
सामाखुसी, काठमाडौं
फोन ः ४३५३५९४



