स्रष्टा परिचय:- पिता श्री भिमबहादुर चन्द र माता देबकी देबी चन्दकाे सुपुत्रकाे रूपमा बि.सं.२०४३ श्रावण १६ गते वेदकाेट नगरपालीका बर्डा नं ४ कञ्चनपुरमा जन्मिनु भएका स्रष्टा अनिल चन्दले स्नातकोत्तर सम्मकाे अध्ययन गरि निजामती सेवामा हाल अावद्व हुनुहुन्छ। बिगत डेड दशकदेखि गजल कवितामा कलम चलाउदै अाउनु भएका स्रष्टा अनिल चन्द ज्यूका गजल, कविता, मुक्तक बिभिन्न साहित्यिक पत्रपत्रिकामा प्रकाशित भएका छन्। हाल लघुकथा लेखनमा सक्रिय रूपमा लागिपर्नु भएका लघुकथाकार अनिल ज्यूकाे लघुकथा, अाधुनिक नेपाली लघुकथा पेज, साहित्य पाेष्ट,Aksharang.Com, Iekhapadnee.Com, मा प्रकाशित भइरहेका छन्। अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे कथालाइ खाेज अनलाइन डट कम मा प्रकाशित गरेकाे छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा – साहिली
अङ्कुर चन्द
कञ्चनपुर
एक हुल कार्यकर्ताको लश्कर आज फेरि हुरुरू भित्र छिर्यौ । साहिलि भित्र चुलोमा सेकुवा सेक्दै थिइन् ।
त्यो हुलको नेतृत्व गरेको एउटा नेताले विभिन्न पेय पदार्थ र सितनको आदेश दिए साहिलिलाई ।
जहिले पनि चुनाव घोषणा हुँदा देखि नसकिने बेलासम्म यस्तै भिडभाड देखिन्छ साहिलिको भट्टी पसलमा ।
गिलासको सुर्पो लागाउँदै त्यो हूलको नेताले सबैलाई सतर्क गराउँदै भन्दै थियो – यसपाली पनि तिमीहरू अघिल्लो पटक जस्तै मलाई जिताउन जे जे गर्नुपर्छ गर । जनताहरुको मनमा “जितेर पनि गाउँमा एकपटक पनि मुख देखाएन” भन्ने चिसो पस्यो होला । तिमीहरू सबैलाई सम्झाउ ! देशको मुहार फेर्ने, समृद्धि ल्याउने बाटोमा दौडँदा दौडदै फुर्सद नै भएन गाउँतिर फर्कने – तिमीहरूले बुझेकै छौं ! यसपाली केही भएन राजधानीमा एउटा महल, केही टुक्रा घरेडी अनि एउटा डिपार्टमेन्टल स्टोर किन्न मात्रै सकियो । धेरै गर्छु भन्दा भन्दै सकिएन ।आधामै पद खुस्कियो ।
त्यतिले के जनताको दुःख हेर्नु, के आफनो खुसी !
फेरी फलाक्दै गयो – यसपाली जिते भने मन्त्री पद पाउने
सम्भावना पनि छ । अनि गाउँको मुहार नै कायापलट गर्नु पर्छ । समृद्ध गाउँ अनि राष्ट्र बनाउनुपर्छ । त्यसैले तिमीहरू खटेरै गाउँघरतिर मेरो पक्षमा जनता फकाउन प्रचार प्रसारमा आजै देखि दौड है ! भन्दै अर्को विश्वासिलो मान्छेलाई खै के भरिएको कालो झोला दिँयो र त्यहाबाट बिदा हुँदै हुरुरु निस्किए बाहिर ।
बर्षौ देखि यस्तै व्यवहार देख्दै आएकी साहीली भने भिडभाड र व्यापार बढेको देख्दा एकातिर खुशी थिई भने त्योभन्दा बढ्ता दुःखी थिइन् चुनावको समयमा जनतालाई झुट्टा आश्वासन र सपना देखाई मत बटुली आफ्नो मात्र समृद्धि देख्ने धूर्त जनप्रतिनिधिबाट ।



