स्रष्टा परिचय / मुकुन्द न्याैपाने

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता शिवप्रसाद न्याैपाने र माता मन न्याैपानेकाे काेखबाट बि .सं २००३ कार्तिक २३ गते लाजिम्पाट काठमाडौं जन्मिनु भएका स्रष्टा मुकुन्द न्याैपानेले विशेष कलम चलाउँदै अाउनु भएकाे छ। करिव दुई दर्जन जति साहित्यिक संघ संस्थामा संलग्न रहेर नेपाली भाषा र साहित्यमा याेगदान पुराउँदै अाउनु भएकाे छ। स्रष्टा मुकुन्द न्याैपानेका प्रकाशित कृतिहरूमा :- भाव कविता संङ्ग्रह-२०६८,चेतना अाध्यात्मिक संङ्ग्रह- २०६९,खण्डितस्वप्न कविता संङ्ग्रह-२०७०,ईश्वर छैन कविता संङ्ग्रह-२०७४,मनकाे अाँखा हाइकु संङ्ग्रह-२०७५,याे कस्ताे प्रेम लघुकथा संङ्ग्रह २०७६,सेवा नै धर्म हाे, लेख कविता संङ्ग्रह-२०७६,केही कथा केही लघुकथा २०७७ प्रकाशित छन्। विभिन्न संघ संस्थाबाट पुरस्कृत र सम्मानित भैसक्नु भईका स्रष्टा/ लघुकथाकार मुकुन्द न्याैपानेले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा:- परिचय- पत्र ~ मुकुन्द न्याैपाने बानेश्वरबाट बसमा अफिस जाँदै थिएँ।मेराे नजिक एउटा बुढा बा जाे पचहत्तर असीका लाैराे हातमा लिएकाले खल्तीबाट दस रूपियाँकाे नाेट कन्डक्टरलाई दिएँ। कन्डक्टरले फेरि पाँच रूपैया माग्याे।बुढाबाले खल्तीबाट झिकेर ज्येष्ठ नागरिक परिचयपत्र देखाउन खाेजे तर परिचयपत्र बुढाबाले देखाउन सकेनन्।बुढाबाले परिचयपत्रकाे कार्ड त छुटेछ बाबू भने तर कन्डक्टर ले मानेन र अर्काे पाँच रूपियाँ दिनुस् भन्याे।तिमीलाई पत्यार लागेन। कुनै समय याे परिचयपत्र दिने हाकिम नै म थिएँ तर बुढाे भएकाे हुदाँ सुद्वि हराएर जाँदाे रहेछ। परिचयपत्र घरमैे छुटेछ के गर्ने? कुनै समयपछि तिमीले पनि थहाँ पाउने छाै भन्दै बुढाबाले पहिले दिएकाे पैसामा पाँच रूपियाँ थपिदिए।त्यहाँ बस्ने कसैले पनि बुढाबाकाे कुरामा साथ दिएनन् हाँसीमात्र रहे।

यसमा तपाइको मत