स्रष्टा परिचय / गङ्गा आचार्य

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता हरिदत्त अाचार्य र माता बिष्णुदेबी अाचार्यकाे सुपुत्रीकाे रूपमा जलजला-४ मल्लाज पर्वतमा जन्मिएकि स्रष्टा गङ्गा अाचार्यले स्नातकोत्तरसम्मकाे शिक्षा हासिल गरि हाल शिक्षण पेशाबाट अवकाश हुनुहुन्छ। विभिन्न साहित्यिक संघ संस्थामा संलग्नता रहदै नेपाली भाषा साहित्यकाे सेवामा समर्पित स्रष्टा गङ्गा अाचार्यकाे अास्थाकाे अाँचल मुक्तक संङ्ग्रह र छाउपडीका देवता लघुकथा संङ्ग्रह प्रकाशित छन्। अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट भएकाे उहाँकाे लघुकथालाई खाेज अनलाइन डट कम मा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा-कथा
गङ्गा आचार्य सापकोटा

“सधैँभरी सिँह नै राजा हुनुपर्छ भन्ने छ र!हामीले पनि त्यो अवसर पाउनुपर्छ ।´´जंगलका केही चलाख हौँ भन्ने जनावरले आवाज उठाए । अन्य जनावरलाई पनि अनेकौं प्रलोभन देखाएर आफूसँगै समेटे।
सिँहले राजआसन जोगाउन सकेसम्म प्रयत्न गरेकै हो।तर सबै एकजुट भएपछि उसको केही उपाय लागेन । बाध्य भएर छोड्यो।
जंगलका सबै जनावरले जीतको खुसियाली मनाए।अन्याय ,अत्याचार रअभावबाट मुक्ति मिल्ने,स्वतन्त्र भई बाँच्ने आशा जगाए । आफूमध्येबाट चुनिएर पालैपालो राजआसनमा जान थाले। आसनमा जानुपूर्व सबैले जंगलमा सुशासनका कदम चाल्ने प्रतिज्ञा गर्थे ।
तर अचम्म राजआसनमा पुग्ने बित्तिकै सबै लठ्ठिन्थे। शक्तिका गीत बर्बराउँदै ताण्डव नृत्य गर्थेँ। सुर हराए झैँ जति पाए पनि खान्थे। जे मन लाग्यो त्यही गर्थे, बोल्थे।अरू जनावरलाई भुसुना सरह थिचोमिचो पार्न खोज्थे।
यो क्रियाकलापले जंगलमा अशान्ति बढेको र आफू असुरक्षित भएको महशुस गरेका केही जनावरले खासखुस गर्नथाले।“राजा त सिँह नै ठिक रहेछ कि क्या हो !´´

यसमा तपाइको मत