स्रष्टा परिचय / बालकृष्ण गजुरेल

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- पिता दुर्गाप्रसाद गजुरेल र माता धनकुमारी गजुरेलका सुपुत्रकाेरूपमा बि.सं . २०४० फागुन १ गते हेलम्बु ६ सिन्धुपाल्चोक जन्मिनु भएका लघुकथाकार बालकृष्ण गजुरेलले स्नातकसम्मकाे अध्यन गर्नु भएकाे छ। साहित्य लेखनमा विशेष रुचि राख्ने गजुरेल ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे कथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन एवं साहित्यिक प्रगतिकाे कामना गर्दछाै।

लघुकथा- बादल
—- बालकृष्ण गजुरेल

यूवाहरु बेरोजगारको कारण दिनहुँ देश छोडी रहेका थिए । जम्मा जम्मि १० लाख ब्यक्तिले स्नातक सकाए । २ लाख पचास हजार सरकारी जागिरमा थिए । २ लाख पचास हजार एन जि अो र निजी क्षेत्रमा जागिर गर्थे । बाँकी पाँच लाख स्नातक सकेका परिवार पाल्न र जीवन निर्वाहा गर्न देश छोडीरहेका थिए । शिक्षित ब्यक्तिको यति ठूलो मात्रा पलायन हुनु भनेको देशको बर्वादी थियो ।

स्नातक सकेका देश छोड्दै जाँदा राजनीति पार्टीमा अासेपासे हनुमान बाहेक अरु अटाएनन् । सर्वसाधरण अलमल परे । मालिकले लंगौटी खोले पनि अाधुनिक भन्दै झ्याली पिट्नेहरु रहे । अवस्था दिन-प्रतिदिन नाजुक भयो।

एक थिंकट्याङ्कले भने – ” के थाहा र दाषहरुलाई मालिक सँग सति जाने कि! अाफु जीवित रहने भन्ने?”

छलफल लामो चल्यो । बिद्वानहरु पनि स्वतन्त्र थिएनन् । कोही अाफूलाई बिदेशी डलरमा बेचेर नागरिक समाजका प्रमुख भन्थे । कोही मानवअधिकारवादी भन्दै साक्षात्कार गर्दथे । अन्त्यमा एक राष्ट्र चिन्तक बिद्वान देखा परे ।

उनले चश्मा सार्दै बोले- “अाशाको बादल लागे पो वर्षा हुन्छ र हराभरा हुन्छ । प्रलयको बादल लागेपछि अस्तित्व समाप्त हुन्छ । ”
२ पौष, २०७७, हेलम्बु-६, सिन्धुपाल्चोक

यसमा तपाइको मत