लोक लय

- तेज प्रकाश बानियाँ


इन्धन आयो अब आयो भन्छन जताततै,
आफू लिन गयो भने पाइदैन कतै ,
के हो यस्तो गाइ जात्रे चाल सधै भरी ,
काचो खाना खाइ हामी बाच्ने कसो गरी १

कोहि भन्छ्न सर्कारको मिलेमतो छरे ,
कोहि भन्छ्न पम्प वाला पनि मिल्याछरे ,
जेहोस यिन्ले आज हाम्लाइ गर्ना सम्मगरे,
केखाएर पेट पूजा गरौं प्रभु भरे ?२

आगो बाले घर वाला कच कच गर्ने ,
श्रीमतीको सामु आफू लुते हुनु पर्ने ,
बिजोग भयो शहर बासी बरु गाउँ राम्रो ,
यस्तो हुँदा कान थुन्ने सरकार हाम्रो ३

कारबाही हुन्न कतै कस्तो हाम्रो देश ,
बरु आफैं कुरा बुझी चुप लाग्नु बेस ,
यस्तै रैछ नेपालको कानून र ऐन ,
दैब बाहेक अरु कस्ले बुझ्ने पनि हैन ४

यसमा तपाइको मत