स्रष्टा परिचय / कृष्णहरि भट्ट

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- कृष्णहरि भट्टकाे जन्म बि.सं २०३३ चैत ४ गते तारकेश्वर नगरपालीका – ६ धर्मस्थली काठमाडौं भएकाे हाे। नेपाली भाषासाहित्यमा रुचि राख्ने स्रष्टा कृष्णहरि भट्ट ज्यूकाे पहिलाे प्रशाशित कृति ” नयाँ अायम “कविता संङ्ग्रह रहेकाे छ। उहाँले साहित्यका विभिन्न बिधाहरू कविता, हाइकु,निबन्ध ,लधुकथा, संस्मरणमा कलम चलाउदै अाउनु भएकाे छ। हाल कृषि ब्यवसाय र राजनितीमा संमलग्न रहनु भएका स्रष्टा कृण्णहरि भट्ट ज्यू प्रलेसकाे पुर्व काेषाध्यक्ष पनि हुनुहुन्छ। उहाँले अाधुनिक लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

उनीहरूको लहरमा उभिन पुगें
कृष्णहरि भट्ट
मण्डलाको छेवैमा रहेको फलामको बेन्चमा बसेर साथीहरूको प्रतिक्षा गरिरहेको थिए । साथीहरू आउने क्रम बढेको थियो । सडकको एउटा कुनामा आफ्ना १०० माग सहित पंक्ति मिलाएर बसिरहेका थिए । पश्चिमपट्टिबाट एउटा हुल आयो । झण्डा र व्यानर पनि थियो ।
‘सरकार खुट्टा नकमाउ, तिम्लाई हाम्रो साथ छ’ को नारा लगाउँदै अगाडि बढे । प्रहरीलाई समुह समुह वीच झडप नपरोस भन्ने थियो सायद ! हरेक समुहलाई घेरा हालेको थियो मानौ डढेलोले जगंल सखाप गर्न हालेको घेरा जस्तो ।
‘अधिनायकवादी सरकार, मुर्दावाद’ । ‘जनघाती सरकार, मुर्दावाद’ । ‘राष्ट्रघाती सरकार, मुर्दावाद’ । ‘असंवैधानिक संसद विघटन खारेज गर’ को नारा लगाउँदै अर्को समुह आयो । यो अलि दुब्लो थियो । यो पनि हेर्दाहेदै विलायो ।
मानिसहरूको चहलपहल बढेकै छ । बेन्चको छेउमा बसिरहेका देख्दा सामान्य लाग्ने अधबैंसेले ‘जनताले पाँच बर्ष सरकार चलाउन दिए, यी बाँदरहरूले चलाउन सकेनन्, सडकमा समर्थन र विरोधको नारा लाउछन् । विदेशीको गोटी हुन त अब छोड्नु नी ? नक्कली नारा लाउन छोड्नु नी ?’ आक्रोसले भरिपूर्ण भाव पोखे ।
उता सडकको अर्को कुनामा तराईबाट आएका उखु किसान आफ्नो श्रमको, उत्पादनको मुल्य साहुहरूले लुटेको, नदिएको दुखेसो पोख्न आएकाहरू भोकभोकै चिसो सडकमा मर्न विवस थिए । उनीहरूको बारेमा कसैले नारा लगाएको देखिएन । हाम्रो बालिको पैसा देऊ, किसानको हुर्मत नलेऊ, जस्ता नारा सहित बसिरहेका थिए । पीडाले भाव बिहल थिए ।
कोरोना कारण देखाउँदै निस्कासनमा परेका मजदुरहरू पनि सडकको अर्को छेउमा ‘धन कमाइदिउन्जेल सेवा भन्दा कम मुल्यमा काम गरेकै हो, हाम्रा कामले उनीहरूको महल बनेकै हो, आज विपतमा हामीलाई एकछाक टार्न पनि मुस्किल छ, उल्टै जागिरबाट निस्कनु प¥यो ?’ हाम्लाई काम देऊ, माम देऊ, भाडाको बस्तु नबनाऊ जस्ता नारा सहित थाकोको शरीरको आक्रोस पोखिरहेका थिए । किसान र मजदुरका समस्या समाधानमा सहयोगी हुन पाए हुन्थ्यो झैं लाग्यो ।
‘राष्ट्रिय स्वाधीनता कायम गर, आर्थिक स्वाधीनता कायम गर, जनताको राज स्थापना गरौं, यो देशको शान मजदुर र किसान, किसान मजदुर एक होऔं, शोषित उत्पीडित एक होऔं, सबै प्रकारका जालझेल र भ्रमबाट मुक्त होऔं’ जस्ता नाराहरू लगाउँदै सानो समुह किसान मजदुरको प्रतिक झण्डा हल्लाउँदै आएको देखियो । केही बुढा केही तन्नेरी र केही अधबैंसे तराई पहाड र हिमाल तिरका जस्ता देखिनेहरूको लहरमा उभिन पुगें ।
२१ पौष, २०७७ धर्मस्थली

यसमा तपाइको मत