स्रष्टा परिचय: पिता गाेबर्धन बुढाथोकी र माता फत्तिकुमारी बुढाथोकीकाे सुपुत्रकाे रूपमा बि.सं २०१८ बैषाकमा चाेभार चारघरेमा जन्मिनु भएका स्रष्टा पवनकुमार बुढाथोकीले भुगाेल र जनसंख्या मास्टर्स गर्नुभएकाे छ। हाल उहाँ त्रिभुवन बिश्वबिद्धालय अन्तर्गत रत्नराज्यलक्ष्मी क्याम्पसमा प्राध्यापकन गर्द्दै हुनुहुन्छ। राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका जनरलहरूमा बिषयगत अनुसन्धान मुलक लेख रचना प्रकाशित छन् उहाँका। सारदा पत्रिका/ गाेरखा एक्सप्रेस / शिवपुरी सन्देश/ साहित्य श्री/ समचारपत्र जस्ता पत्रिकाहरूमा उहाँका कथा, मुक्तक, कविताहरू प्रकाशित भईरहेका छन्। उहाँका मुक्तक संङ्ग्रह र कविता संङ्ग्रह प्रकाशनकाे तयारीमा छन्। नेपाल काेअर्डिनेटर स्रष्टा साँझ अमेरिका/ नेपालका सदस्य, नाेवेल साकाेस साहित्य समाज र शैली साहित्य समाजमा अाबद्व भएर नेपाली भाषा साहित्यमा कलम चलाईरहनु भएका स्रष्टा पवनकुमार बुढाथोकी ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नुभएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा
शिर्षक : हर्के दाई
-पवन कुमार बुढाथोकी
जे पनि हुदो रैछ ,यो ठाउँमा केटि भर्खरै बीस बर्ष नाघेकी केटा पचास बर्ष पुग्नै आँटेकाे ! बाउ छाेरी हुन लाएकका उमेरका बेहुला बेहुली बिचकाे लगन गाँठाे ! हुन पनि, यहि कुरा सानाले गरेका भए गाली पाे खान्थे तर ठुलाले गरेकाे भएर तालि जस्तै भो !”हैन, त्यति राम्री नुनाले कसरी मानेकी होलिन ,जे गर्नु पैसैले गर्यो ,कि पस्चिमेली बिक्रीत मनस्थितिको प्रभाब त हैन ?” हर्के लाउरेको सन्दर्भमा कुरा गर्दा ,यतिसम्मको पद ,पैसा र प्रतिस्ठा हासिल गर्न निकै कुर्नु पर्यो ! बिदेस जान नपाएकाे भए न त पैसा कमाउन सक्थे न त गाँउका ठिटा ,ठिटीलाई पैसा खर्च गरि,उनिहरुलाई हातमा लिएर चुनाब जिति ठुलाे हुन सक्थे ! धन्न , नेपालीको लागि बिदेसमा गएर काम गरि पैसा कमाउने बाताबरण बन्यो । यो भन्दा अगाडि त ,यो किसिमको अवसर पनि थिएन !अनि कुन माध्यमले उँभो लाग्नु । अहिले आएर सबै देसमा जनसंख्या घटेकाले बिदेस जान सजिलो भो !त्यही हर्केलाई बिदेस न जाँदा सम्म गाउँका मान्छेले गन्ने थिएनन ! गाउँमा युबाहरुलाई होच्याउन पर्यो भने हर्के लोफरै जस्तो भैछस भनेर गिज्याँउदथे ! अहिले त्यही हर्केको चाकरी र प्रसंसा पाे गर्ने भए ! ती, बिचरी भर्खर टिन एज मात्रै पार गरेकी नुना नानीलाई कस्ति अभागी रैछिन अाफु भन्दा दोब्बरै जेठो उमेर भएका सङ्ग परिन ,रुप राम्रो भएर के गर्नु भन्नू त कहाँ हाे कहाँ ! ,अाँटिलाे र सम्पतिवाल सङ्ग परिन ,सुख पाउने भइन भनेर पो भट्ट्याउन थाले !
यति सम्म कि गाउँका घर घरमा नारी अधिकार हुनुपर्छ ,अनमेल बिवाहा रोक्नु पर्छ भनेर वकालत गरि विभिन्न ठाँउबाट पैसा लेराएर संस्था खोलेर बसेका स्वयंसेबक समेत हर्केको बिवाहा पार्टीमा कम्मर मर्काई मर्काइ “नेताज्युको जय होस भन्दै “नाच्दै पो थिए !
सकिएन त अब !
हुन त, गरिब गुरूवाले डराई डराइ पादेमा पनि गाली खाने , हुने खानेले बम पडकाएझैँ पडकाएर ग्यास छाेड्दा पनि पेट दुख्यो कि क्या हो हजुर भनेर चाकरी गर्ने त ,मान्छेका बानीनै हो !”
यस्तो समाज र यहाँका मानिसका बारेमा के कुरा गर्नु
” हग्नेलाई भन्दा देख्नेलाई लाज भन्या यहि हो!”



