स्रष्टा परिचय:- पिता शिवनाथ पन्त र माता भेदकुमारी पन्तकाे सुपुत्रीकाे रूपमा डडेलधुरामा जन्मिनु भएकि लघु कथाकार उर्मिला पन्त पाण्डेयले स्नातकसम्मकाे अध्यन गरि लामाे समयसम्म शिक्षण पेशामा अावद्व हुनुभएकि स्रष्टा हुनुहुन्छ। उहाँले ३२ बर्ष सरकारी शिक्षण सेवामा अाफुलाई समर्पित गर्दै अादर्श नि. मा. बी. मा पुर्व प्रधान अध्यापककाे रूपमा समेत काम गरिसक्नु भएकि स्रष्टा हुनुहुन्छ उर्मिला पन्त पाण्डेय। उहाँकाे पहिलाे प्रकाशित रचना २०५५मा ” कस्तुरी” मा छापिएकाे थियाे। उहाँकाे गुरूकाे शिक्षा ( बालचित्र कथा) प्रकाशित छ। थुप्रै बिधामा लेखिएका अप्रकाशित कृतिहरू प्रकाशनकाे तयारीमा रहेका छन्। उहाँले प्राप्त गर्नुभएका पुरस्कार तथा सम्मानहरूमा -अभिन्नदन पत्र र दाेसल्ला बि.सं २०५२ शिक्षब संघ, शिक्षा दिवस प्रशंसा पत्र पदक र नगद पुरस्कार-२०५७ ,शिक्षा दिवस पदक शिक्षामन्त्रालय बि.सं २०७३, प्रशािस्तपत्र सत्यमाेहन जाेशी शताब्दी महाेत्सव – २०७३ रहेका छन्। उहाँ संमलग्न साहित्यिक संघ संस्थाहरूमा पुर्व उपाध्यक्ष प्रशंसा संरक्षण महिला समाज, पुर्व महासचिव,डा.ठाकुरनाथ पन्त स्मृति गुठी,अाजिवन सदस्य जनमत साहित्यिक मासिक, साधारण सदस्य बालसाहित्य प्रतिष्ठान नेपाल, अाजिवन सदस्य सुरभि साहित्य प्रतिष्ठान रहेका छन्। अाधुनिक नेपाली लघुकथा पेजमा उहाँले पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा अाज प्रकाशित गरेकि छु। हनमी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
यस्तो पनि हुनसक्छ
उर्मिला पन्त
उ पहिले पहिले बाहिरैतिर धेरै रमाउने गर्थ्यो । साहित्यको माध्यमबाट धेरै जसो केटाकेटीहरू उसँग केही सिक्ने अभिलाषा लिएर आउँने गर्थे । उ अधिक रसिक प्रकृतिको भएकोले उसकी पत्नीको नजरमा सँधै डर र त्रासले बास गर्थ्यो र साहित्य देखि टाढा राख्न खोज्थिन् ,त्यसैले उ धेरै जसो बाहिरैतिर रुमल्लिने गर्थ्यो । बिभिन्न संचारका माध्यममा काम गर्ने गर्थ्यो । नजान्नेले उस्लाई वाह वाह गर्थे त्यसैले उ आफुलाई ख्यती प्राप्त नै ठान्ने गर्थ्यो र ‘अन्धाको देशमा कानों राजा ‘ भने झैँ बरिष्ट …!
समयको गति बढ्दै गयो । छोराछोरी बढ्दै गए । बुढेसकालले पनि छुन थाल्यो तब उस्ले आफ्नी श्रीमतीको मर्म र महत्व बुझ्यो र सोच्यो ….’ अरूहरूलाई अगाडि बढाउनु भन्दा आफ्नै श्रीमतीलाई साहित्यमा चाख बढाउन सके त नाम पनि दाम पनि साथै घुम-घाम पनि….’। यस्तो सोचेर उस्ले आफ्नी श्रीमतीलाई विभिन्न साहित्यिक विधाहरूको वारेमा सारांश जानकारी दिएर आफैले लेखेका गीत , गजल ,मुक्तक , कथा आदि रटाएर कार्यक्रमहरूमा लान थाल्यो ।
दुई चार अक्षर पढेकी टाठीबाठी श्रीमती पनि के कम….? विस्तार विस्तार समाजमा बोल्न सक्ने भईन् । अलि अलि टाक्कटुक्क लेख्न सक्ने पनि भएकीछन । श्रीमानकै हाराहारीमा मान सम्मान पाउन थालेकीछन ।
अव त श्रीमान कै नमाले सँगसँगै देशविदेशमा समेत साहित्यिक कार्यक्रममा भागलिने र सम्मान
पाउन थालिसकिन क्या रे ….! यस्तै गरी पो अगाडि बढाउने रहे’छन त ….’लाटाका देशमा गाँडे तन्नेरी’….!



