स्रष्टा परिचय / नारायणप्रसाद निराैला

- प्रस्तुति : तारा के सी


स्रष्टा परिचय:- स्रष्टा लघुकथाकार नारायणप्रसाद निराैलाकाे जन्म बि. सं २०१८ मंसिर ५ मा बिराटनगर पाेखरीयामा माता मिनाकुमारी निराैला र पिता रामप्रसाद निराैलाकाे सुपुत्रकाे रूपमा भएकाे हाे। उहाँले स्नातक ( B.Ed.in Health) अध्यन गरि हाल शिक्षण पेशामा अाबद्व हुनुहुन्छ।२०३०मा ” पुच्छर बिनाकाे मान्छे” उहाँकाे प्रकाशित पहिलाे कविता हाे। उहाँलाई नेपाली साहित्य जगतमा नानि भारद्वजकाे नाम पनि चिनिन्छ। राजनीति , बैचारिक लेखहरू , कविता, निबन्ध ,लघुकथाहरू विभिन्न स्थानिय र राष्ट्रिय दैनिकहरूमा उहाँकाे प्रकाशित भइरहेका छन्। २०३७ मा प्रकाशित उहाँकाे पहिलाे लघुकथा “बायुकाे शक्ति ” हाे भने पहिलाे लघुकथा कृति २०७५ मा प्रकाशित ” अामाकाे माया” हाे। भारतकाे पञ्जावबाट प्रकाशित हुने ” कलश” मा उहाँका लघुकथाहरू प्रकाशित भइरहेका छन् ” मेराे अनुभूति” कवितासंङ्ग्रह प्रकाशाेन्मुख अवस्थामा रहेकाे छ। अाधुनिक नेपाली लघुकथा पेजमा प्रकाशित उहाँकाे लघुकथालाई आज मैले खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।

लघुकथा : मृत्युको लाम
-नानि भारद्वज

एकचोटि यमराजले अाफ्ना मन्त्री चित्रगुप्तलाई मर्त्यलोकको हालखवर बुझ्न पठाए । मर्त्यलोकमा मानिसहरुक‍ो निकै भिडभाड छ। शहरका ठूलाठूला घर देखेपछि चित्रगुप्त मनमनै भन्छन्,” मानिसहरु यत्रा ठूला-ठूला घर किन बनाउदा हुन् ?, अाखिर यो छोडेर हाम्रै गाउँमा अाउनुपर्छ !”

अलिक पर तिर मानिसहरु लाममा बस्न तछाड मछाड गर्दै थिए।कोही “म अगाडि अाएको मैले अगाडि बस्न पाउनु पर्छ!”
भन्दैथ्यो भने अर्कोले ,”तँ भन्दा म अगि अाको म पहिला हुनुपर्छ!” भन्दैथियो। यत्तिकैमा चर्काचर्की परेर झगडा नै हुनथाल्यो । चित्रगुप्तलाई यो देखेर सोध्न मन लाग्यो। त्यहीं भएको एउटा मान्छेलाई सोधे,”के को झगडा हो हजुर ?”
“यो निशुल्क राहात वितरणको लाममा बस्नको लागि हो हजुर !”

ए ! भन्दै उनी अगाडि बढे। जाँदा जाँदा शहरको अर्को कुनामा पुगे। त्यहाँ पनि मानिसको लामकै झगडा थियो। तर त्यहाँ भने अघिको भन्दा ठीक उल्टो खालको झगडा थियो। मानिसहरु अाफू सबै भन्दा पछाडि अाएको हुनाले अाफूले नै पछाडि बस्न पाउनुपर्छ भन्दै अा-अाफ्नो दावी गर्दै दसी प्रमाणका रुपमा जन्म दर्ता पेश गर्दै थिए।

चित्रगुप्तलाई यो अाठौं अाश्चर्य लाग्यो र एकजनालाई सोधे,यो चैं के को लाम हो हजुर ?”
” यो मृत्युको लाम हो हजुर !” त्यो ब्यक्तिले जवाफमा भन्यो। चित्रगुप्त फिस्स हाँसे ।

मंगलवार ९ अाषाढ,२०७७/२३जुन २०२०,ललितपुर।

यसमा तपाइको मत