स्रष्टा परिचय:- छविलाल खड्काकाे जन्म बि.सं २०२५ चैत २३ गते रूघाँ गा. बि . स. ७ हाल त्रिबेणी गा. पा. १ रूकुममा पिता स्व.भिउँदल खड्का र माता स्व. भिमकला खड्काकाे सुपुत्रकाे रूपमा जन्मिनु भएकाे हाे। उहाँले स्नातक सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। उहाँकाे पहिलाे कविता ” बहिनीलाई चिठी” २०४५ सालमा राप्ती सन्देशमा छापिएकाे थियाे। उहाँका प्रकाशित कृतिहरूमा- ” सहिदकाे सन्देश ” लघुकाब्य २०४९, “बिराैटाे” साइनाे संङ्ग्रह २०७७ प्रकाशित छन्। उहाँले कविता, गजल, मुक्तक, साइनाे,हाइकु, लघुकथा,र समिक्षामा कलम चलाउँदै अाउनु भएकाे छ। उहाँ हाम्राे पुर्णीमा साहित्य प्रतिष्ठान काेहलपुर बाँके र राप्ती साहित्य परिषद रूकुम पश्चिमकाे अाजिवन सदस्य हुनुहुन्छ। लघुकथाकार छविलाल खड्का ज्यू ले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र प्रगतिकाे कामना गर्दछाै।
लघुकथा: झेलखाना
छविलाल खड्का
काेहलपुर
राष्ट्रिय निकञ्जमा रहेका विभिन्न जाति-प्रजातिका जनावरहरुमा अस्तित्व र सह-अस्तित्वकाे लडाईं चलिरह्याे । फरक फरक जाति-प्रजातिबिच माेर्चा, सहकार्य र गठबन्धन हुने र टुट्ने क्रम निरन्तर चलिरह्याे । याे नै एउटा माैलिक विशेषता हाे, याे निकुञ्जकाे ।
निकुञ्जकाे आफूलाई शेर ठान्ने सिंह र मांसहारीकाे राजा ठान्ने बाघबिच गठबन्धन भाे । अन्य जाति -प्रजाति हायल कायल भए । निकुञ्जभित्र एक छत्र राज गर्ने सपना पूरा भयाे । सिंहभित्र उच्च महत्वाकांक्षा विकसित हुँदै गयाे भने बाघले आफू छायाँमा परेकाे महशुस गर्न थाल्याे । दुवैबिच ङ्यार ङ्यार ङुउर ङुउर शुरु भयाे । परिणाम: दुवैबिचकाे अपवित्र गठबन्धन सिसाकाे घर झैं झ-याम झुरुम्मै फुट्याे । दुवैका बाटा फरक फरक तय भए ।
उनीहरु एक अर्काकाे उछित्ताे काड्ने प्रतिस्पर्धामा काे भन्दा काे कमकै शैलीमा उत्रिए । सिंहले सर्वसत्तावाद लादेकाेले मांसहारी आन्दाेलनलाई आक्रमक रुपमा लैजाने घाेषणा बाघले ग-याे ।
काउन्टर अट्याक गर्दै सिंह गर्जियाे – “सिंह बन्ने सपना देख्ने ? मांसहारी आन्दाेलनकाे लागि उक्साउने ! धेरै नउफ्र ! चिडियाखानामा काेचि दिन्छु ।”
यिनीहरुकाे गाईजात्रा देखेर अन्य जातिका जनावरहरु आकाशकाे फल झर्ला र खाउँला भनी पर्खी बसेर रमिता हेरिरहेका छन् ।



