स्रष्टा परिचय / ऋषि तिवारी

- प्रस्तुति : तारा के सी


लघुकथाकार ऋषि तिवारीको जन्म २०२९ भाद्र्र १७ गतेका दिन चक्रप्रसाद तिवारी एवम्् स्व. धनमाया तिवारीका सुपुत्रका रुपमा विराटनगरमा भएको थियो । उनको पहिलो लघुकथा २०१८ डिसेम्बर ३ मा मलेशियाबाट प्रकाशित भएको थियो । उनको एक लघुकथा कृति खुट््को पैसा (२०७५) प्रकाशित छ । प्रस्तुत छ, लघुकथाकार ऋषि तिवारीको लघुकथा ः
लघुकथाः पहाडकी रानी
-ऋषि तिवारी
“करिब दुइ बर्ष अघिको कुरो थियो, एकजना महिलाले मिसकल मारिन मेरो मोबाइलमा।”
मैले नि झट्ट रिप्लाई मा त्यहि नम्बरमा कल गरे। कल उठ्यो। मैले सोधे को बोल्नु भएको? उनले जवाफ दिइन्। “मान्छे बोलेको।”
मान्छे त मान्छे कहाँबाट बोलेको? उनले फेरि उस्तै गरि जवाफ फर्काइ। “मुखबाट बोलेको।” कहाँ पर्यो फेरि प्रश्न तेर्साए। “कानमा पर्यो उसैगरी जवाफ आयो।”
न परिचय न केहि त्यसै अर्कालाई दुःख दिने हो? मैले प्रश्न तेर्साए उनलाई।
उनले भने अब परिचित दिन थालिन, मेरो घर पहाडमा छ। म पहाडकी रानी हुँ। नाम नै रानी हो? मैले फेरि सोधे, हो हजुर भनिन। मेरो परिचित मागीन। मैले वास्तविक नाम र ठेगाना दिइन झुठो विवरण दिए उनलाइ। उनि नाम काटेर चाहि बोलाउदिन थिइन् हजुर भन्थी।
म झस्किन्थे। आफ्नो घरमा जसरी श्रीमतीले बोलाउँथि उसै गरि बोलाउँथिइन्।
म उनलाई भन्थे किन यसरी मेरो पछि परेको? मेरो जीवनमा मेरो श्रीमती दुई छोरी छन्। मेरो यसरी अर्काकी छोरी चेली माथी आँखा लगाउने बानी छैन्। मेरो जीवन जे छ आफूमै खुशी छु। यो लाइनको बाटो देखि म टाढै छु। अति फोनमै कुराकानी बिजी हुन थाल्यो। बोलि पनि कतै सुने सुने जस्तो पनि लाग्थ्यो।
अफिसको काम सकेर घर आए। श्रीमतीलाई पनि भने, मलाई अफिस टाइममा खुब मिसकल आउँछ। को रहेछ? गफ पनि मिठो मिठो गर्छिन ति त।
उनि मुसुमुसु हाँस्तै थिइन्। मैले त्यहि नम्बरमा फोन गरे। घर पुगे पछि गरे।भरे त्यो रिङटोन त मेरै घरमा श्रीमतीको मोबाइलमा बजेछ। म त्यहि ठहरै।
मैले सोधे यो नम्बर कहिले लिएको मलाई थाहा पनि छैन। जानकारी गराउनु पर्दैन?
उनि बोलि बिस्तार लगाउन थालिन्। आजकलको लोग्नेको के भर कता मस्त गफ गर्छन। त्यहि जाँच्न यो नाटक रचें।
तपाइ सहि निस्कनु भो। म पहाडकी रानी बनेर तपाइको चियो गरे। तँपाईं त वास्तवमा मेरो मनको तराईको राजा हुनु हुँदो रहेछ ।

यसमा तपाइको मत