स्रष्टा परिचय:- लघुकथाकार दिपक “समीप” काे जन्म २०३३ जेठ १६ गते शनिवार मध्यनेपाल न. पा. ३ साेती पसल लमजुङमा पिता रामबहादुर श्रेष्ठ र माता नानीमाया श्रेष्ठकाे सुपुत्रकाे रूपमा भएकाे थियाे। उहाँले स्नातकसम्मकाे अध्ययन पूरा गर्नु भएकाे छ। २०४९ सालदेखि साहित्य लेखनमा प्रवेश गर्नु भएका लघुकथाकार/ दीपक “समीप” काे मुल लेखन बिधाहरू, गजल, गीत, कथा, लघुकथा, मुक्तक रहेका छन्। ” भुगाेलभित्र नकाेरिएकाे देश” गजल संङ्ग्रह २०६२मा प्रकाशित उहाँकाे पहिलाे कृति हाे। उहाँ पाेखरेली युवा साँस्कृतिक परिवार पाेखरा ( पुर्व अध्यक्ष / सल्लाहकार ), गजल सन्ध्या पाेखरा ( पुर्व अध्यक्ष / सल्लाहकार ), मुक्तक मञ्च पाेखरा( सल्लाहकार ), पुछारसिटे अभियान पाेखरा( सल्लाहकार ), अक्षर यात्रा( संस्थापक), संरक्षण कविता अान्दाेलन ( संस्थापक सदस्य), लघुकथा प्रतिष्ठान पाेखरा( काेषाध्यक्ष) संलग्न संस्थाहरू हुन। उहाँले प्राप्त गर्नु भएका सम्मान र पुरस्कारहरूमा, उत्कृष्ट लघुकथाकार पुरस्कार- २०५४,उत्कृष्ट लघुकथाकार पुरस्कार २०५५ , खुल्ला मुक्तक प्रतियोगिता – २०५५ ( प्रथम) ,गजल साधना सम्मान-२०६३,समता काव्य सम्मान-२०६६ , शिल्पी साहित्य सम्मान-२०६६, स्रष्टा साहित्य चाैतारी पुरस्कार -२०६८, गजल प्रतिभा पुरस्कार-२०६९, मुक्तक मञ्च पाेखरा सम्मान-२०७३, गजल मञ्च मकवानपुर सम्मान -२०७४ अक्षर यात्रा सम्मान-२०६९ रहेका छन्। उहाँले सम्पादन गरेका साहित्यिक पत्रिकाहरूमा- साैगात द्वैमासिक, नव माध्यम द्वैमासिक, उत्खनन् सामयिक संङ्कलन,गजल उत्सव( समसामयिक गजल सङ्कलन रहेका छन्। आज मैले उहाँले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वनस्थ दिर्घ जीवन र सफलताकाे कामना गर्दछाै।
लघुकथा
दीपक समीप
क्रमश:
चौतारीमा सिरसिर हावा चलिरह्यो।
टन्टलापुरे घाममा मकै गोडिरहेकी मनमाया तिर्खाले ब्याकूल भएर धाराको पानी खाइ चौतारीम बसि ।
चौतरीमा सिरसिर हावा चलिरह्यो।
मनबहादुर पनि गोठालो जाँदा घामले पुर्पुरोमा सेक्यो भनेर चौतारीको शितलमा बस्न आइपुग्यो।
चौतारीमा सिरसिर हावा चलिरहयो।
दुवैको हेराहेर चल्यो । दुवैको ओठबाट मुस्कानका लहरहरु एक साथ चले । अनि एक आपसमा सन्चो बिसन्चोको हालखबर सोधनी चल्यो।
त्यसदिन पश्चात् उनिहरुको नियमित जस्तै भेटघाट चल्यो।
देख्नेहरुमा खास्खुस चल्यो ।अनि गाउँघरमा गाइगुईं हल्ला चल्यो।
एकदिन सुटुक्क दुई जना मुग्लान चले । त्यसपछि दुवैको घरमा हुरी चल्यो ।



