गजल

- गङ्गा कर्माचार्य पाैडेल


 


गङ्गा कर्माचार्य पाैडेल

पराईकाे इसारामा चल्नुहुन्न देश अब
सँधै गृह कलहका जल्नुहुन्न देश अब

हामी वीर नेपालीहाै बिरतामै हाम्राे शान
कसैकाे डर धम्कीमा गल्नुहुन्न देश अब

धेरै भए अात्मघाती सन्धिहरू पहिले यहाँ
स्वार्त खेति बनी सँधै फल्नु हुन्न देश अब

काँधमा काँध मिलाएर उठाउनु पर्छ माथि
कुनै पनि हालतमा ढल्नु हुन्न देश अब।

यसमा तपाइको मत