स्रष्टा परिचय / भागीरथी श्रेष्ठ

- प्रस्तुति : तारा के सी


 

स्रष्टा परिचय:- लघुकथाकार भागीरथी श्रेष्ठकाे जन्म बि.सं २००५ असाेज १४ गते गुल्मी रिडीबजारमा भएकाे थियाे। उहाँले स्नातक सम्मकाे शिक्षा हासिल गर्नु भएकाे छ। उहाँकाे लेखनिय मुल बिधा अाख्यान नै हाे। २०२३ सालमा रूरू पत्रिकामा उहाँकाे पहिलाे कथा ” प्रबल इच्छा” प्रकाशित भएकाे थियाे। उहाँका हालसम्म प्रकाशित कृतिहरूमा मालती उपन्यास -२०३३ याैटा यस्ताे अाकाश उपन्यास -२०४६, क्रमश कथासङ्ग्रह -२०४४,माेहदंश कथासंङ्ग्रह २०४४, रङ्गीन पाेखरी लघुकथा संङ्ग्रह-२०५०,विभ्रम-२०५०,भूमिगत कथा संङ्ग्रह-२०६३, राताे गुलाफ कथा संङ्ग्रह-२०६५ रहेका छन्। भाषा साहित्य मा निरन्तर समर्पित स्रष्टा भागिरथी श्रेष्ठ ज्यूले लुम्बिनी अञ्चलस्तरिय साहित्य सम्मेलनमा प्रथम-२०२३”रत्नश्री स्वर्णपदक-२०४३,सर्वाेतम कथाकार( टेलिभिजन प्रतियोगिता ) २०४४, मैनाली कथा पुरस्कार- २०४८, प्रतिभा पुरस्कार२०५५, नूरगङ्गा साहित्य पुरस्कार २०५८, दायित्व वाङ्ममय पुरस्कार २०५९, पुर्ण-कृष्ण स्मृति साहित्य पुरस्कार २०७७, पाल्पा वाङ्ममय प्रतिष्ठानबाट सम्मानित हुनु भएकाे छ। मिर्मिरे, कस्तुरी, पाल्पा दर्पण, रूरू उहाँले सम्पादन गरेका पत्रिकाहरू हुन्। अाज मैले लघुकथाकार भागिरथी श्रेष्ठ ज्यूले अाधुनिक नेपाली लघुकथा पेजमा पाेष्ट गर्नु भएकाे लघुकथालाई उहाँकाे परिचय सहित खाेज अनलाइन डट कममा प्रकाशित गरेकि छु। हामी उहाँकाे सु स्वास्थ दिर्घ जीवन र सफलताकाे कामना गर्दछाै।

रङ्गीन पोखरी
भागीरथी श्रेष्ठ
ऊ समाजमा रङ्गहीन भएर बाँच्न चाहन्थ्यो । आफ्नो स्वच्छपन सबैलाई पहिचान गराउने उसको इच्छा थियो, किनभने तटस्थता उसलाई मन पथ्र्यो तर उसको वरिपरि अनेक रङ्गका पोखरीहरू थिए, जुुन पोखरीहरूमा मान्छेहरू आआफ्नो रुची अनुुसार र एउटा खास रङ्गको हुुँ भन्ने देखाउन हाम्फाल्थे तर उसलाई ती रङगीन पोखरीहरू प्रति कुुनै आस्था र विश्वास थिएन । ऊ सम्झन्थ्यो, ती रङ्गीन पोखरीहरूको पानीमा विश्वासघात, जाल–फरेब, विकृति र ईष्र्याका कडा रङ्गहरूले भरिएको छ । अब ती पोखरीहरूबाट टाढै बस्नुु नै कल्याण…। तर जब यी पोखरीहरूमा मान्छेहरू हाम्फाल्थे, तब पानीको छिटाहरू उफ्रेर उसको शरीर बेढङ्गी बनाइदिन्थे, जसले गर्दा ऊ यही रङगको हो भनेर छुुट्याउन गाह्रो पथ्र्यो । उसको शरीर भरि लागेको अनेक रङ्गको छिटाहरू देखेर मान्छेहरू भन्थे, “यो मान्छेमा कुुनैखास रङ्ग छैन र यो आफ्नो अवसर अनुुसार हरेक पोखरीभित्र डुुबुुल्की मार्दो रहेछ । आफ्नो पहिचान नभएको मान्छे !
अन्त्यमा हार खाएर उसले सोच्यो, रङ्गहीन भएर यो समाजमा बाँच्न गाह्रो रहेछ । अनेक पोखरीको रङगको छिटा खाएर बिनासित्तै बदनामी हुुनुुभन्दा कुुनै एउटा रङ्गको पोखरीमा डुुबुुल्की मार्नुु राम्रो । चाहे त्यो रङग निर्मम, विभत्स र विकृतिले भरिएको नै होस् । विकृतिपूूर्ण रुपले लिएर बाँच्नुु नै आजको जीवनशैली हो । नत्र भने उसले कुनै स्रोत पाउने छैन अनि उसले थुुप्रै पोखरीहरू मध्ये एउटा रङ्गीनमा पोखरीमा रोजेर हाम्फाल्यो ।
रंगीन पोखरी (२०५०) पृ. ४५–४६

यसमा तपाइको मत