
दोस्रो कोरोना लहरसँगै मान्छेहरुको गाँस खोसिएको छ ।रोजगार घुम्न पुगेको छ ।बिचल्ली हुने अबस्था आएको छ ।भक्तपुरमा बस्ने एक दलित युवक राम परियार ( नाम परिवर्तन )को स्थितिबारे सुन्दा तपाईंको तपाईंको आँखा रसाउन सक्छ ।यस्तो अबस्था पनि आयो र ? भनेर सोच्न बाध्य हुनुहुनेछ तपाईं
राम उपत्यकामा रोजगार गर्थे । उनी शहरलाई शहर जस्तो बनाउने श्रमजीवी मजदुर हुन ।कोरोना दोस्रो लहर छाएसँगै उनको रोजगार गुम्यो । खानेकुराको जोहो हुन सकेन । साहुलाई खाद्यान्नको लागि बिन्ती बिसाए । साहु तर्किए । सरकारसँग राहत माग्न उनीसँग त्यस्तो कागजपत्र पनि थिएन ।
भर्खरै जन्मेका बालबच्चा र श्रीमतीको बिचल्ली हुने अबस्था आयो । घरमा खानेकुरा थिएन । पसलले उधारो पत्याएन । एकदुइ छाक त भोकै बसे । अन्नपानीको शरीरलाई अन्न त चाहिन्थियो नै । उनले युवा नेता योगेश बराललाई फोन गरे। कोरोनाको कारण आफैं समस्यामा रहेका बरालले उनलाई सामान्य सहयोग त गरे । तर त्यो सहयोगले उनलाई दुई दिन चुलो जोर्न मात्र पुग्यो । तर समस्या उहीँ आयो खाद्यान्न अभाव । उनले बराललाई रुदै फोन गर्न थाले । बरालको मन रसायो ।उनले केही मानिसलाई भने पनि । तर उनीहरू पनि तर्किए ।बराल मार्फत नै उनी पुगे बौद्ध दर्शनका एकजना चर्चित गुरु सुर्य बज्रयानाको सम्पर्कमा ।
बौद्ध गुरु पनि समस्यामा नै थिए । उनले आफुसँग भएको थोरबहुत पैसा र उधारोमा केही खाद्यान्न तेल मसला तरकारी र फलफूल किनेर सहयोग गरे । थोरै बाटो खर्च पनि दिए ।त्यो पाएपछि परियारले लामो सास फेरे । सायद त्यो उनलाई एउटा युद्ध जिते जस्तो भयो होला ।
भक्तपुरको सुर्यबिनायकदेखी काठमाडौंको स्वयंम्भुसम्म उनी पैदल चारघण्टा हिडेर पुगे । उनलाई मनमा लागिरहयो एक बोरा चामल आयो भने भरे छोराछोरी रमाउनेछ्न र श्रीमतीको मुहार हसिलो हुनेछ । यस्तै सोच्दै उनी हिडिरहे । बाटोमा पुलिसले सोध्यो कहाँ जान लागेको ? उनले साचो बोले घरमा खानेकुरा सकियो एकजना मानिसले केही खानेकुरा दिन्छु भनेको छ त्यही जान लागेको । उनलाई भेटेपछि स्वयं सुर्य बज्रयाना नै छक्क परे । उनले लेखमा लेखिरहेको स्थिति स्वयं मान्छेहरु भोग्न बाध्य भएको कारुण दृश्य उनकै आँखा अगाडि ठिङ्ग उभिएको थियो ।उनलाई त्यो दृश्य भावुक बनायो ।
काठमाडौं केन्द्रिय राजधानी । यहाँ समाजसेवाका लागि खुलेका अनेक दोकान छ्न। नगरपालिका छ्न ।वडा कार्यलयहरु छ्न ।रामराज्य कल्पना गरिरहेका प्रधानमन्त्रीको निवास र यी परियारको दयनीय कोठा केही किलोमिटरको आसपासमा छ । अलि पर महेश बस्नेत अस्ति महन्थ ठाकुर सांसदहरुलाई भोज खुवाएको होटेल पनि छ । अर्बौं आम्दानी भएका र गरिब सेवा गर्दा बुद्धलाई भेटे जस्तै ठान्ने गुम्बाहरु पनि यहि छ्न ।तर एउटा नागरिक यहि शहरमा खान नपाउने स्थिति पुगेको समाचार लेख्न बाध्य छौ हामी ।
बराल भन्छन् – सत्तामा बसेर मिठो गफ गर्न सजिलो छ ।तर गरिबका चुल्हाहरु बाल्न निकै कठिन ।अझ जीवन बुझ्न सानोतिनो मुटु भएर पुग्दैन।
राहत दिएपछि सुर्यले लामो सुस्केरा हाले ।उनले हामीसँग भने एउटा दिनहिनलाई गरेको सहयोग स्वयं बुद्धलाई गरेको आदर जस्तै हो । उधारो सामान किनेर भएपनि एउटा परिवारलाई सहयोग गर्न पाए । म एकदम खुशी छु । असाहयको सेवा गर्नु जति ठुलो कुनै धर्म नै छैन । मलाई पुण्य प्राप्त भएको अनुभुत गरेको छु ।



