आउ मेरो गोरेटोमा
सबै छलकपटको राजनितिहरु छोडेर
म , पोल्टाभरी न्यानो माया बोकेर
कठोर चिसो सगरमाथासंगै
एकोहोरिएका बुध्दलाइ जगाउदै
उज्यालो आशाकासाथ
संगै हिंडाउनेछु
**************
च्यात्नु छ दुर्गन्धित सम्झौताहरु
खोस्नु छ उज्यालोका अंगालोहरु
लुट्नु छ हाम्रा परिश्रमले थुपारेका
अमुल्य पसिनाका उपलब्धिहरु
मलाई
त्यो चिसिएको रगतलाई
अलिकति ताप चाहिएको छ
त्यो चट्टानका छातीहरुलाई
थोरै सहि आँट चाहिएको छ
आन्दोलनको हुरी आउँनु अगाडि
आउ मेरो गोरेटोमा
*************
पुराणका कथा हालेर नबसे हुन्छ
बिदेशी एन्टिबायोटिक बिचार नपर्खे हुन्छ
लक्ष्यहीन र खुरापाटी झुंडहरु
अपराध गर्ने रातहरु
अब नकुरे हुन्छ
नपर्खे हुन्छ
कुनै पनि बादको बैंसले छेक्दैन
आवाजमा खिया लागेका स्वरहरु हो
अन्यायको स्मृतिमा खिर पकाउनेहरु हो
लाजको आयतनलाई फोर्नुछ
धुलमुल बादलहरुलाइ फटाउनुछ
पाया जात्राको तरवारसङै
चाँँदै आउ
जति सक्दो छिटो आउ
मेरो गोरेटोको दृढ गोरेटोमा
बर्तमान कसैलाई पर्खदैन
बर्तमान कसैलाई पर्खदैन
बर्तमान कसैलाई पर्खदैन ।
##############!!



