अर्को सालदेखि मखमली फुल्ने छैन

- रत्नप्रसाद अनामनि श्रेष्ठ ,नाला काभ्रे


निरन्तर चलिरहेछ वार्ता

प्रगति उस्तै छ

लिने र दिनेको वासलात नमिल्दा

जनताको पुर्पुरोको हिसाब नमिलेको धेरै  भयो।

गाउँ बस्ती पहिरो र बाढीमा छ

काले बिस्नेको स्कुल पनि बन्द छ ।

गाउँमाथीबाट बग्ने हिजाखुशीमा धेरै पानी बगीसक्यो ।

तर जिन्दगीका दुख बगेन ।

गरिबिको कारणले वास पिउँदा पिउँदै

सानुचाको फोक्सो बिग्री सके

कोरोनाको बहाना हिजो छाडी अस्ति मात्रै लग्यो रे

बारीको पाताभरी मखमलीको बीउ छरेको थियो उस्ले

मखमली फुलेपछी बेचेर

केही ब्याज तिरौला भन्ने सोच थियो ।

यसपाली मखमली फुले पनि

अर्को सालदेखि मखमली

कहिले फुल्ने छैन ।

 

 

 

यसमा तपाइको मत