रसुवामा काङ्ग्रेस छोडेर एमालेमा प्रवेश गर्नेको लर्को


 

केन्द्रमा काङ्ग्रेस नेतृत्वको सरकार छ । तर जिल्ला जिल्लामा भने काङ्ग्रेस छोडेर एमाले प्रवेश गर्नेहरुको संख्या बढदै गएको छ । यस्तै काङ्ग्रेसले चुनाव जितेको रसुवा जिल्लामा पनि दर्जनौं काङ्ग्रेस कार्यकर्ता एमालेमा प्रवेश गरेका छ्न ।

२०७८ साउन १९ गतेका दिन मात्र नौकुन्ड ३ चिलाउने गाउँका ४ जना नेपाली काङ्ग्रेसको सक्रिय नेताहरु नेकपा एमालेमा प्रबेश

गरेका हुन ।

 

२०३५ सालदेखि नेपाली काङ्ग्रेसमा रहेका दिन्डु लामा, पेम्बा लामा, रमेश लामा र रबिन रुम्बा जनता समाजबादी पार्टीका नेकपा एमालेमा प्रबेश गरेका हुन् । त्यस्तै आज पनि नुर्पु बहादुर स्याङतान, पाताली स्याङतान, हेमन्त स्याङतान र अमन थिङ प्रबेश गरेका छन् ।
काङ्ग्रेसवाट नवप्रबेसीरूलाई नेकपा एमालेमा युवा नेता जनार्दन ढकाल लगायतले स्वागत गरेका छ्न । ढकालले बिकास निर्माणसहितको समृद्ध रसुवाको सपना साकार पार्न आफ्नु आफ्नु पार्टी लागिरहेको बताए ।

यसमा तपाइको मत