
निर्माण ब्यबसायी तथा एमाले नेता जनार्दन ढकालले आफ्नुवारे आएको समाचार भिडियो आफुले डिमाण्ड पुरा गर्न नसक्दा बाहिर आएको बताएका छ्न । सामाजिक संजालमा उनले स्टाटस लेख्दै उनले यो कुरा सार्बजनिक गरेका हुन । एमाले निकट मानिने दैनिकी अनलाइनमा नुवाकोटको बैकल्पिक राजमार्ग पुरा नभएको समाचार बाहिर आएपछि उनको प्रतिक्रिया आएको हो । भिडियोमा कतिपय असभ्य शब्दहरु समेत प्रयोग भएको छ ।
ढकालको नेतृत्वमा रहेको निर्माण कम्पनीले बर्खाको कारण काम रोकिएपनी केहि समयमा निर्माण पुरा हुने जानकारी दियो । स्थानीय जनतालाई चित्तबुझ्दो गरि निर्माण सम्पन्न गर्ने कम्पनीको दाबी छ l



