समाजसेवामा सदाबहार सक्रिय थापा


बिगत तीन दशकदेखि अमेरिकाको न्युयोर्क बस्दैआयका नेपालीमुलका समाजसेवी हेम थापा नेपालमा हुने विभिन्न प्रकोप एबम समस्याहरुमा सहयोग गर्नेहरुको लिस्टमा अग्रणी समाजसेवी मानिन्छन।चाहे २०७२ सालको भुकम्पको क्षतिमा होस चाहे,जुरे पहिरो,मेलम्ची बाढी,कोभिडको दुबै चरण किन नहोस हेमले नेपालिहरुको थुप्रै समस्याहरुमा आफ्नो ब्याक्तिगत रुपमा करोडौं आर्थिक सहायता विभिन्न माध्यमबाट गरिसकेका छन।त्यसरि नेपाल र नेपालीका लागि सहयोगि हात लम्काइरहने हेम थापा हिजोआज भने अलि बढी चिन्तित र भावुक देखिन्छन् ।गरिब ,असहाय ,गम्भीर रोगले समातेका बिरामिहरुलाइ समेत लाखौं रकम सहयोग गर्दै आयका हेमलाइ आजकाल आफ्नै काम देखेर समेत बितृष्णा जागेको बताउँछन् ।उनी भन्छन ,मैले आफ्नो रगत र पसिना बगाएर कमाएको पैसा आफ्नो देश नेपाल र हजारौं नेपालिका बिपत्तिमा खर्च गरिरहदा केही निश्चित स्वार्थ बोकेका मिडिया एबम सामाजिक अभियन्ताको खोक्रो खोल ओडेका मानिसहरुले देखिसकेका छैनन,मलाइ बारम्बार गाली एबम सामाजिक संजालमा बेइज्जत गरिरहेका छन।आखिर किन मलाइ यसरी प्रहार गरिदैछ?के मैले सामाजिक कार्य गर्नु कुनै अपराध होर?पीडितहरुको भलो गर्नु आज आएर आफुलाइ अभिशाप जस्तै लाग्न थालेको र केही ब्याक्ती बाट आफुलाइ ज्यान मार्ने धम्की समेत आएको उनले बताए ।

यसमा तपाइको मत