भोगीका गजल

- भोगीका गजल


समय कतै ओरालो आउँछ कतै उकालो आउँछ
चढ्न र ओर्लन सबैलाई एकदिन पालो आउँछ

बालापन सम्झिने बेला कहाँ सपनाहरु आउँछन्
आउँछ स्मृतिमा उहि भिरपाखा गोठालो आउँछ

दु:खमा मात्रै निसास्सिएर आधी उमेर वितिसक्यो
मन भन्छ एकदिन सुखको पनि सङ्गालो आउँछ

दुर्भाग्य मेरै जिन्दगीमा यस्तो किन भईरहेकोछ
पाईला पाईलामा संकट आउँछ भड्खालो आउँछ

अतीतलाई नियाल्दै जिवनको भोगाइमा फर्किंदा
यो मनमा याद मात्रै आउँदैन भुईँचालो आउँछ

माकुरीको घर बरु हातले पन्छाई हटाईएला
उपाय भेटिदैनन् जब बेईमानीको जालो आउँछ
©भोगी

यसमा तपाइको मत