नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ सम्मेलनबाट अध्यक्षमा नविना लामा निर्वाचित भएकी छिन्।
लामाले आफ्ना प्रतिद्वन्द्वी बरिष्ठ नेता माधव नेपाल पक्षका दिपक गौतमलाई २१६ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन्। कुल मत १५९७ मध्ये खसेको १५१९ मतमध्ये लामाले ८६५ प्राप्त गरिन भने गौतमले ६४९ मत प्राप्त गरेको उपाध्यक्षमा विजयी भएका महेश बर्तौलाले जानकारी दिए।
यसैगरी महासचिवमा लामा प्यानलकै ऐनबहादुर महर निर्वाचित भए। उनले गौतम प्यानलका अब्दुल हुसेन खाँलाई पराजित गरे। महासचिवमा निर्वाचित ऐन महरले ८३१ मत प्राप्त गर्दा हुसेनले ६६० मत प्राप्त गरे।
यस्तै उपाध्यक्षमा महेश बर्तौला ७८६ ,रश्मी आचार्य ७४२,शैलेश लामा ६८२ र सुनिता बराल ७२१ मतका साथ निर्वाचित भएका छन्। उपाध्यक्षमा निर्वाचित सबै लामाकै प्यानलका हुन्।
यसैगरी ७ सचिवमा आरसी लामिछाने, समिक बडाल, मकर खड्का, सुदेश पराजुली, आरती लामा, वासिम आलम र अमृत बुढा निर्वाचित भएका छन्। सचिवमा निर्वाचित आरती लामा, वासिम आलम र सुदेश पराजुली बाहेक सवै लामा प्यानलकै निर्वाचित भएका हुन्।
यसैगरी कोषाध्यक्षमा लामा प्यानलकै झपिन्द्र खत्री निर्वाचित भए।
यस्तै अनुशासन आयोगको अध्यक्षमा नीशा अधिकारी निर्वाचित भइन् भने लेखा आयोगमा धर्मेन्द्र रोकाय निर्वाचित भएका छन्।
यसैगरी उपत्यकाबाट अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्यमा अशोक थापा, तपेन्द्र जंग शाही, भुपेन्द्र शाह, केशरा ज्ञवाली, अञ्जु गौतम, नम्रता महर्जन, दीपेस प्रसाई, ज्ञान भक्त ढंगोल, बसन्त न्यौपाने, पकंज भण्डारी, गोविन्द श्रेष्ठ, विनिता काफ्ले र उदेश राई निर्वाचित भएका छन्।
देश बिगार्ने को हो ?
वास्तवमा नेपाली जनता यो प्रश्नको उत्तर खोजी रहेकाछ्न । नेपालमा रहेका नेताहरू यो मान्न तयार छैनन् । देश कर्मचारीले बिगारेका छ्न भनिरहेका छन नेताहरु । हामीलाई र तपाईहरुलाई कर्मचारीले बिगारिरहेकाछ्न नेता भानाइ छ । कर्मचारी जनतालाई देखाई रहेका छ्न।जनताले सहि नेताहरू छान्नु नसक्नुको परिणाम हो। वास्तबमा यो देश बिगार्ने को हो त ? अब छिट्टै पत्ता लगाउनु छ ।के यो बिग्रेको देशलाई सपार्ने कोहि
अन्तर्वार्ता
प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातासङ एक क्षण
चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये
विचार
पूँजीवाद, परनिर्भरता र नेपाली युवाको दायित्व : माननीय रामप्रसाद ढुङ्गाना
पूँजीवादमा सामन्त र दलालहरूबाट इमान, दया, मर्यादा तथा मानवीय
लेमेन डिस्कोर्स (Lay Discourse)
लेमेन डिस्कोर्स (Lay Discourse) भन्नाले सामान्यतया गैर-विशेषज्ञ वा साधारण
“कृष्ण पाउरोटीको ऐतिहासिक यात्रा” र केही देखेका–भोगेका तथ्यहरु
२०३० को दशकको शुरुतिरै काठमाडौँको प्रमुख परम्परागत व्यापारिक स्थल

