अन्जना सिलवालको दुई मुक्तक

- अन्जना सिलवाल


मुक्तक
१.
आउँदैन हजुर मलाई धेरै कुरा सुनाउन
भनेकी थिए छोड्ने छैन मैले सताउन
भन्दा भन्दै किन फेरि अर्कै अर्थ बुझि गयौं
भन्ने कुरा मनमै रहयो सकिन मैले बताउन

२
सबैलाई खुशी राख्ने बानी हुन्छ , नेपाली छोरीहरूमा
मनका हरेक भावना दानी हुन्छ , नेपाली छोरीहरूमा
जता भएपनी सत्कर्ममा लाग्न सदैव गर्छन आहवान
नवीन विचार, कलाका खानी हुन्छ ,नेपाली छोरीहरूमा

यसमा तपाइको मत