एक थारु कलाकार: जसले जितिन लाखौं दर्सकको मन


कलाकार , मोडेल रितु चौधरी थारु कला जगतमा लोकप्रिय छिन । हालसम्म उनले पचासभन्दा धेरै म्युजिक भिडियो खेलिसकेकी छिन । सम्भवत थारु कलाकारहरुमा धेरै म्युजिक भिडियो खेल्ने कलाकारको रूपमा उनको नाम आउँछ । यति धेरै काम गरिसकेको थारु कलाकार एकदम कम छ्न ,उद्योगमा ।जो रितु जति हुन धेरै संघर्ष गरेर आउन पर्छ , बर्सौ लाग्न सक्छ । यसैले रितुको स्टारडम गतिलो छ ।

भारतमा जन्मेपनि उनको खास थलो टिकापुर कैलाली हो ।अहिले पनि टिकापुरमै बसेर कला जगतमा संघर्ष गरिरहेकि छिन , आफुलाइ चम्काइरहेकि छिन । मोफसलमा बसेर यसरी चम्कन सक्नु उनको खुबी हो ।
उनले कला क्षेत्रमा पाइला राखेको भर्खरै तीन बर्ष भयो । तीन बर्ष अगाडि रितुलाइ समिक्षा चौधरी र फेरु चौधरीले यस क्षेत्रमा ल्याएका हुन । यस अगाडि उनको यस क्षेत्रमा आउने कुनै रहर र चाहना थिएन । अचानक यस क्षेत्रमा आएपनि कलाकारिताबाट बाहिर जीवन नै सोच्न सक्दिनन उनी ।उनको रगतमा नै अब कलाकारिता घुसिसकेको छ ।
रितु यसरी चर्चित हुनुको कारण उनको इमानदारिता र कामप्रतीको निरन्तर अठोट र लगनशीलता हो हो । काममा सधैं ध्यान दिने , मेहनत गर्ने , मोडेलिङप्रति जिम्मेवार हुने रितुको स्वभाव रहेकै होला निर्देशकहरुको नजरमा उनी परेकी छिन । निर्देशकहरुको पहिलो रोजाइ भएकी छ्न । भर्खरै राष्ट्रिय रुप लिदै गरे थारु संगीत उद्योगको अब रितु स्थापित कलाकार भइसकेकी छिन ।
पहिलो गीत २१ औ सेन्चुरीदेखि पछिल्लो म्युजिक भिडियोसम्म आइपुग्दा स्तरीय अभिनय रितुको पहिचान बनेको छ । थारु सोसाइटीले उनलाई अब समक्ष कलाकारको रूपमा चिनेको छ ।उनको यात्राले शिखरको बाटो समातेको छ ।यहाँसम्म आइपुग्दा आफ्नु रितु कामदेखी सन्तुष्ट छिन रितु । खुशीले बढेको अनुभुती गर्छिन सधैं ।
भन्छिन – `म अचानक यो क्षेत्रमा आइपुगे । अचानक आइपुगे पनि अब मेरो सबै कुरा कला नै हो ।म एउटा कलाकार मोडेल हुँ । मेरो परिचय भन्नु यहि हो । यो परिचयले नाम , दाम , सम्मान , इज्जत दिएको छ । म अझ चम्कन चाहन्छु । सबैको मन जित्न चाहन्छु ।नेपाली सांगीतिक आकाश पनि पाइला चाल्ने मेरो चाहना छ । म मलाई यहाँसम्म आउन र कलाकारको रूपमा स्थापित गराउन सहयोग गर्ने सबै सवैलाई सम्झन चाहन्छु । दर्शकहरूलाई पनि धेरै माया छ ।´

( हामी थारु कलाकारहरुसँगको यस स्तम्भलाई दसौं भागसम्म प्रस्तुत गर्नेछौ ।)

यसमा तपाइको मत