पविता चौधरीको तीन मुक्तक

- पबिता चौधरी(बर्दिया)


मुक्तक १
मन रोइरहन्छ के छोरी जन्म लिनु पाप हो र ?
भन न कोही के साँच्चै दैवको सराप हो र ?
किन हुन्छन दिनदिनै छोरीहरु बलत्कृत
सोच्न बाध्य बनाउँछन हाम्रो भाग्य खराब हो र ?

मुक्तक २

त्यो मनले पनि चाहे पो हुने मैले मात्र चाहँदैमा के हुन्छ र ?
टुट्ने नाता टुटेकै छ बाचा कसम खाँदैमा के हुन्छ र?
अग्नि साछि राखी सात फेरो लिएको सम्बन्ध त टुट्छ
फरक पर्दैन, तिमी मेरो जिन्दगीबाट जाँदैमा के हुन्छ र?

मुक्तक ३
चाइनिज सामान जस्तै भो माया धेरै दिन टिक्दैन
मनमा पिडा मौलायो तर धोकेबाजी दिमागले सिक्दैन
हजुरको शहरमा त धोकाको व्यापार गरिन्छ महोदय
हाम्रो गाउँमा त बारीमा लगाको तरकारी नि बिक्दैन

पबिता चौधरी(बर्दिया)

यसमा तपाइको मत