प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी क्योकुशिनकाई कराते डो प्रतियोगिता भब्य रुपमा सम्पन्न


नाला इन्टरनेशनल क्योकुशिनकाई कराते डो को आयोजनामा राष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ। प्रथम मेयर कप दोस्रो पुरुष तथा महिला राष्ट्रब्यापी कराँते प्रतियोगिता यहि मंशिर १७ र १८ गते काभ्रे बनेपा-४ नालामा सन्चालन भएको थियो ।

उक्त प्रतियोगिता मंशिर १७ गते उद्घाटन बनेपा नगरका मेयर लक्ष्मी नर्सिंह बादेले गर्नु भएको थियो । देश भरिका डोजोहरुले भाग लिएको जानकारी गराएको छ । मंशिर १८ गते बिजयी खेलाडीहरुलाई माननीय काभ्रे जिल्लाको बिकाशप्रेमी गोकुल बास्कोटाले बितरण गर्नु भएको थियो ।यस धेरै पटक यस खेलको डेमोस्ट्रक्सन शो संचालन हुदै आएको छ । यस प्रकारको प्रतियोगिता यो दोस्रोपटक आयोजना गरिएको हो ।

 

स्मरणीय यो छ कि यस प्रतियोगितालाई भब्यरुपमा संपन्न गर्न नगर प्रमुख ,उप प्रमुख , नगरका वडा अध्यक्षहरु लगायत विभिन्न संघ सस्थाहरुको सहयोग र स्थानीय गन्यमान्री ब्यक्त्तित्वहरुको साथ र सहयोग रहेको कुरा हाम्रा खोज सम्बादाता पंचम सुन्दर सरकारले जनाकारी गराएको छ ।

यसमा तपाइको मत