
नेपाल हृदय रोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालयको सभा कक्ष मा ३०औंं केन्द्रीय सभा सुसम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष बलराम नेउपानेको सभापतिमा सप्पन्न भएको थियो ।सभामा सभापति बलराम नेउपानेले सस्थापकहरुको योगदानको सह्राहना गर्नु हुदै अमेरिकाको vital startageics र edward lifescience foundation बारेमा चर्चा गर्नु हुदै हाल यस मुटु सम्बन्धित प्रतिकारात्मक र उपचारात्मक अभियानमा ६४०० जना अभियान्ताहरु जोडिनु भएकोमा सुखद र सन्तोष व्यक्त गर्नु भयो। 
प्रतिष्ठानका महासचिव बालगोविन्द बिष्टले सस्थानको प्रगति विवरण पेश गर्दै संजाल बिस्तार , पदाधिकारीहरुको हेरफेर , अक्षयकोष ब्यबस्थापन र अन्य बिबिध कार्यक्रम बारे चर्चा गर्नु भएको थियो। प्रतिष्ठानका कोषाध्यक्ष नन्द किशोर शर्माले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो। उपाध्यक्ष डा.पुष्प राज कर्णिकारले धन्यबाद दिनुका साथै महासचिवले कार्यक्रम संचालन गर्नु भएको समाचार हाम्रा खोज काभ्रे सम्बादाता पंचम सरकारले जानाकारी गराउनु भएको छ।



