टोखा नगर पालिका वडा नं.९ का सम्भब्य उम्मेदवार


स्थानीय तहको निर्वाचनको माहोल तात्दै गएको छ । यसबाट टोखा नगर पालिका  पनि अछुतो छैन । टोखा नगर गोङबु वडामा नेपाली काङ्ग्रेसको तर्फबाट वडा अध्यक्ष पदको दावेदारहरुको नाम सार्वजनिक हुन थालेको छ । यहि सिलसिलामा  टोखा नगर पालिका वडा न. नौ मा वडा अध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणा गरेका छ्न , त्यस क्षेत्रका नेपाली  कांग्रेसलाई जग राख्ने अनुभवी नेता पुर्ण मानान्धरले ।
विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय मानान्धर बौद्धिक नेता हुन ।कुशल संगठकको रूपमा समेत उनको चर्चा हुने गर्छ । जनतामा चाडैं घुलमिल हुने उनको स्वभाव छ ।

अनुभवी तथा पुराना नेताहरू राजनीतिमा कम भइरहेको सन्दर्भमा मानान्धरले वडाअध्यक्ष पदमा उम्मेद्बारी दिने घोषणाले स्थानीय युवाहरूमा उत्साह छाएको छ । स्थानीय स्तरमा समाजसेवी ब्यक्तित्व बनाएका मानान्धर टोखा नगर पालिका हाक्न सक्ने उम्मेद्बार ब्यक्तित्व हुन ।

स्थानीय तहमा जे जस्तो काम भएतापनि उहाँको सहभाता रहन्छ नै चाहे स्कुल खोल्दा होस चाहे खानेपानी ल्याउंदा होस चाहे रेड्क्रस स्थापना गर्दा होस चाहे सामुदायिक प्रहरी केन्द्र ,हरेक क्षेत्रमा उहाँको योगदान भएकै हुन्छ।

उहाँले नै प्रशिक्षण गरेका पार्टीका नेताहरु ठुला पोष्ट्मा पुग्दा नसम्झदा ज्यादै दुखेसो पोख्नु हुन्छ । यो पटकको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर भए पनि जित्ने दाबी गर्नु हुन्छ । उहाँलाई बिप्लक माओबादी र नेकपा माक्र्सवादीको पनि साथ रहने बलियो सम्भावना छ ।

स्मरणीय कुरा यो छ कि उहाँले टिकट पाउने डरले हाल नेपाली कांग्रेसको स्थानीय कार्यक्रमहरुमा बोलाउन समेत छाडेका छन।

यसमा तपाइको मत