निस्वार्थ पाइतालाहरुलाई बिश्वास गर्नु
सकिन्छ साथी पक्कै टाकुरा चढ्न
पहाडको टाकुरा चढेर नै हामी हुर्केका हौ ।
हाम्रा खुट्टाहरुलाई कमजोर नठान
तिनै खुट्टाहरुले हजारौ माइल भोकै र नाङ्गै
लोभमा नफसी कसैको
चाकाडी नगरी कसैलाई
निरन्तर ती भोका नाङ्गाको साथमा साथ मिलाउंदै
हिजो पनि हिडियो र आज पनि हिड्दैछौ
लाग्छ एक दिन त्यो क्षण पनि आउनेछ
गरिबका आँशु पुच्छ्ने दिन
जहाँ रगत सबैको एउतै हुनेछ
हुने छैन जातपातको रंग
हुने छैन ठुलो र सानो
लाग्नेछ सबैलाई एकै प्रकारको घाम
सबैको भरिएको पेट
*************
गल्छिहरुले छेकिने छैन
छैनन् ती चट्टानहरुले अवरोध
ती मिलेका फाँटहरुमा
हुनेछ बिचार मिलेका खेती
र कसैको गुण गान गर्ने
बज्ने छैनन् पाखण्डी भजनहरु
नाताबाद , कृपावादका रागहरु
घन्किने छैनन् छुट अछुतका भाकाहरु
त्यसैले हिडिरहे पुगिन्छ
एक दिन त्यो पहाडको टाकुरामा
शितल मनै आनान्द हुने
जहाँ सबैलाई बराबरी
हामीले खोजेको घाम लाग्छ।



