ढुंगा एक कडा किसिमको वस्तु हो । शुरुका दिनहरुमा आफ्ना शत्रुबाट बच्न मानिसहरुले ढुंगाको प्रयोग गरे। धेरै काल सम्म टिक्ने भएको कारण गर्दा मानिसहरुले प्रागएतिहासिक कालदेखि नै आफ्नो जीवन यापन सजिलो बनाउन ढुंगाको प्रयोग गर्दै आएका छन्। ढुंगाबाटै बिभिन्न औजारहरु बनाए। ढुंगाबाट आफुलाई शुरक्षित हुन् घर बनाए। ढुंगाबाट ठुल ठुला पिरामिड बनाएका छन्। पछिलो समयमा ढुंगासंगै आफ्ना भावना साट्न बिभिन्न आकृति बनाउंदै आएका छन्। नेपालमा त अझै ठुल ठुला ढुंगाहरुको स्थानीय नामहरु दिंदै आए जस्तै भिम ढुंगा ,नाग ढुंगा , झाँक्री ढुङ्गा ,काभ्रे नालामा रहेको व्यंग ढुंगा,डोली ढुंगा आदि तिनै ढुंगाहरुमा बिभिन्न किम्बदन्ती र कथाहरु जोड्दै आए।

कुनै पनि स्थानमा मानिसको लम्बाई भन्दा लामो आकारको तेर्स्रो समानान्तर नजोडी आधा जमिनमा गादिएर बसेको ढुंगाहरुलाई दुलाहा र दुलाही ढुंगा भनिन्छ। त्यसको सं संगै अन्य ढुंगाहरु रहेको छन् भने त्यसलाई जन्ती ढुंगाहरु भनिन्छ। नेपाली जान बिश्वास यो छ कि कुनै समयमा जन्ती आएर बिलाएर ढुंगाको रुप लिएका भन्ने भनाई छ। नेपाल एउटा यस्तो देश हो जहाँ ढुंगा पुजिन्छ। ढुंगा माथि ठुलो बिश्वास राख्ने गरिन्छ। गीत नै रहेको छ “जहाँ ढुंगा ढुंगामा देवताको बास छ त्यो देश मेरो हो “।
अनौठा तथा मानवीय आकृतिमा रहेका यस्ता ढुङ्गाहरू मध्ये हालै नुवाकोट शिवपुरी ७ , गुरुङ गाउँ माथि समुत्थानशिल बस्तीको परियोजनामा दुलाहा र दुलाही ढुंगा भेटिएको छ। यस क्षेत्रलाई नयाँ पर्यटकीय स्थल रुपमा पहिचान गराइ सो क्षेत्रमा करिब ५० वटा (होमे स्टे) मौलिक घरहरु निर्माण हुने क्रममा छन् । ती दुलाहा र दुलाही ढुंगा आकृतिहरू रहेका वस्तुहरू मनोरम देखिन्छन् । प्रकृतिबाट सिर्जित पहिलेदेखि चर्चामा नआएको स्थान अब चांडै नै आन्तरिक र बाह्य पर्यटकका केन्द्र बने भएको छ. समुत्थानशील बस्तीका सम्पूर्ण सदश्यहरुले यस तर्फ लागेर उक्त स्थानको प्रचारप्रसार गरिने भएकोछ।
मन लोभ्याउने विभिन्न प्रकृतिले सिर्जित वस्तुहरू कमै मात्र पाइन्छ । पर्यटकको मन पनि कमैले मात्र चोर्न सक्छन् र चिनारी पनि कमैले मात्र पाउने हुन् । त्यसमध्येको एउटा दुलाहा र दुलाही ढुंगा पनि हो । जुन प्रचारविहीन हुँदा पर्यटक पुग्न सकेका छैनन् न त राज्यले संरक्षणको लागि ध्यान दिन सकेको छ । स्वच्छ हावा ,मिलनसार गाँउका दाजुभाई ,स्थानीय खुर्पानी ,हरियो बनजंगल ,१४ वटा भन्दा बढी नेपालका प्रशिध्द हिम शृंखलाहरु एकै स्थानबाट अवलोकन गर्न पाइने एक पटक पुग्ने पर्ने स्थान हो,नुवाकोट शिवपुरी ७ , गुरुङ गाउँ माथि समुत्थानशिल बस्तीको परियोजनामा दुलाहा र दुलाही ढुंगा ।



