स्वर अरुको भन्दा ठुलो छ
हाकिम भएका रे
हाकिम कै बानी होला शायद
सत्र ठाउँ डुलेर उनाइस चोटि मोल गरेर
आफुलाई चाहिने सामान किन्छ
कहाँ कति भाउ छ
उसलाई कण्ठ छ
छरछिमेकीका होटलमा गएर
फ्रिज खोलेर किन्न नसकिए तापनि
बास लिने उसको ठुलो शोख छ
मेरो टोलमा एउटा अजीबको मान्छे छ।
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
टाढा बजारबाट सामान किनेर ल्यायो भने
छिमिकिको पसल पसलमा गएर
यति सस्तोमा पाएँ भनेर
पुरुषार्थ देखाउने उहाँको विजय अभिलाषा छ
मोटर साइकल छ ,स्कुटर छ
आफ्नो दैलो अगाडी छेकिन्छ भनेर
अर्काको पसल अगाडी दिन भरि रोक्ने
गजब्बको समाज सेवा छ
मेरो टोलमा एउटा अजीबको मान्छे छ।
**************************************
जे कुरामा पनि जान्ने छ
जे कुरामा पनि सुन्ने छ
औषधिको कम्पोजिसनदेखि
हरेक सामानको गुणस्तरसम्म
उ आँखाले हेरेरै पहिचान गर्न सक्छ
टोलका हरेक पसलमा प्रत्यक दिन
कम्तिमा पनि पाँच पल्ट पुग्ने
उहाँको दैनिकी हाजिरी छ
उसका सबै योजना बजारमा शेयर बजारमा जस्तै
सुनाउँदै हिड्नु उहाँको बिज्ञापन कुशलता छ
साँझको बेला अरुले सितनसंग पिइरहंदा
थुक ननिलिकन बस्न सक्ने
बडो गजब्बको धर्यता छ
मेरो टोलमा एउटा अजीबको मान्छे छ।
*************************************



