मुक्तक १
तिमी डरपोकको मनमा पक्का वाला भर भैदिएको भए
मलाई जस्तै तिम्रो दिलमा नि थोरै असर भैदिएको भए
यो मङ्सिरमा त मज्जाले लगनगाँठो कसिन्थ्यो नि माया
मेरो मायाको अलिकति पनि कदर भैदिएको भए
मुक्तक २
सुख्खा याममा खडेरी लागेको नल जस्तै भो जिन्दगी
लाखौं कोसिस गर्दा नि नमिलेको हल जस्तै भो जिन्दगी
जिन्दगीमा खुशी कम पिडा धेरै अनि कयौँ असफलता
कसैले जिस्काउनलाई गरेको मिसकल जस्तै भो जिन्दगी
मुक्तक ३
जिन्दगीमा आँशुको खेती निकै फस्टाउने रहेछ
हुन पनि छोडी जानेकै याद मस्त आउने रहेछ
जन्म लिएपछि मर्नुपर्ने प्रकृतिको नियम भए नि
आखिर चम्किला तारा नै छिटो अस्ताउने रहेछ



