
१ मुक्तक
तिमीले आफू खुसी देह त्याग गरे पनि हुने!!
यो लोकबाट परलोकमा बसाइँ सरे पनि हुने!
अपराधीलाई बाँच्ने कुनै अधिकार देख्दिनँ,
मनुष्यको नाममा कलङ्कले मरे पनि हुने!!
२मुक्तक
आउ नारी पुरुष मिलेर राम्रो काम गरौँ भन्छ!!
सधैंभरि एकले अर्कालाई विश्वास गरौँ भन्छ!
जो बाट त नारी लुटिएकी छिन् उहीँ डङ्गुरले,
अपमान होईन नारीलाई सम्मान गरौँ भन्छ!!
३मुक्तक
सबैसँग बोल्ने मिठो वचन हुनुपर्छ!!
एकअर्काप्रति आफ्नोपन हुनुपर्छ!
मान्छेको रुप रंग जस्तोसुकै होस्,,
तर तन भन्दा सफा मन हुनुपर्छ!!
४मुक्तक
एक एक गरेर नारीको मन, टुटाएका छौ तिमीले!!
जिउनु न मर्नु जिउँदो लास, बनाएका छौ तिमीले!
एउटालाई मात्रै कहाँ हो र महोदय,? हरेक दिन,
सारा घरपरिवारलाई धरधरी, रुवाएका छौ तिमीले!!
५ मुक्तक
मान्छेलाई नचिन्ने शहर बन्दैछ अरे!!
सत्यको मुख थुन्न जहर बन्दैछ अरे!
बैगुनीलाई गुन गरे तापनि हेर्नुस् हजुर,
त्यही गुन बैगुनको ठहर बन्दैछ अरे!!
@मनकी साथी



