
खोला बनेर आएको छु म बगर बनेर आउनु
मेरो सानो गाउँलाई कहिले नबिर्सनु
मलाई यो दुनियाँमा तिम्रै आशा छ
यो धर्तीमा मेरो लागि अमूल्य माया पाइएको छ
समय बदलिन्छ मौसम पनि बदलिन्छ
समय त फर्किँदैन तर सम्झना रहिरहन्छ
यो गाउँ छोडी जाँदा तिमिले साथ देऊ
जिन्दगीको यात्रामा तिमिले साथ देऊ
प्रभातको सुनौलो किरण बनेर देखा पर्नेछु
जिन्दगीमा उकाली ओराली गर्दै तिम्रो सामु पुग्नेछु
वसन्त ऋतुमा प्रकृतिको सुन्दरता हेरेर मन रमाउँछु
यो धर्ती , यो माटो मैले हृदयबाट सम्झिरहेको छु
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी



