
कवि हुन हरिका दूत
ब्रह्माका पनि दूत हुन
शिवका पनि दुतै हुन
रविका पनि दुत हुन
१
मनको कुरा लुकाएर
छलकपट यदी गर्छन्
ती सबै कविका दृष्टि
चक्षुमा घुम्न थाल्दछ्न
२
बाटोमै हिडछ जो कोही
कवि बुझ्छ सबै कुरा
कविका दृष्टिमा पर्दा
नखुल्ने के छ ? क्यै कुरा
३
कविका दिव्य चक्षुले
सूर्यको गति बुझ्दछ
अथवा त्यस चक्षुले
संसारै पनि बुझ्दछ
४
काठमाडौं र दिल्लीको
भाषा सम्पुर्ण बुझ्दछ
ढाटी खान सिकेकाको
मनोकाँक्षा पनि बुझ्दछ
५
प्रजातन्त्र भनी खाए
न अघाइ अझैपनि
गणतन्त्र भनी खाए
अघाएनन नि तैपनि
६
समाजवाद राम्रो हो
भन्दैछ्न ढाट खेतीको
रोप्दैछ्न झुटको खेती
समाजवादी रूपको
२०८० भाद्र १६



