चर्चा कमाउदै युवा ज्योतिष


पछिल्लो समय युवा पुस्ता ज्योतिषशास्त्रप्रति झुकाव राख्न थालेको छ । भूत , भविष्य र वर्तमानको गणितीय गणना गरिने ज्योतिषशास्त्र व्यबहारिक मानिन्छ । पुर्वीय दर्शनमा ज्योतिष बिधाको महत्त्वपूर्ण स्थान रहदै आएको छ । ज्योतिषशास्त्र ऋर्वेदकालीन समाज वा त्यो भन्दा अगाडि नै विकास भएको अनुमान गरिन्छ । वर्तमान समयमा पनि ज्योतिषशास्त्र महत्त्व उतिकै छ ।
संखुवासभामा जन्मेर हाल मोरङ जिल्लामा बसोबास गरिरहेका बादल लम्साल युवा ज्योतिष हुन । ज्योतिषशास्त्रमा अनौपचारिक अध्ययन गरेका बादलले कुण्डली , चिना आदि माध्यमबाट ज्योतिषीय सेवा प्रदान गरिरहेका छ्न । उनी देश बिदेश रहेका सेवाग्राहीलाई सेवा लिरहेका छ्न । सेवाग्राहीबाट बादलले सकारात्मक प्रतिक्रिया पनि पाइरहेका छ्न । सेवाग्राहीले दिएको हौसलाले उनलाई काम गर्न सहज भएको छ । ज्योतिषीय खोज गर्न प्रेरणा मिलेको छ ।
मोरङवाट सेवा दिरहेको भएपनि देश / बिदेशमा रहेको सेवाग्राहीलाई अनलाइन सेवा प्रदान गरेका छ्न उनले । दैनिक रूपमा उनीसँग जोडिनेहरुको संख्या वृद्धि भइरहेको छ । सानै उमेरमा उनी ज्योतिषशास्त्र पकड जमाउन सफल भएका छ्न ।
उनी भन्छन् – `मेरो लक्ष्य भनेको ज्योतिषी बन्ने पनि हो । आफ्नु लक्ष्य पुरा गर्न म यो क्षेत्रमा आएको हुँ । मैले यहि बिषयमा अध्ययन पनि गरिरहेको छु । सेवाग्राहीको मायाले मलाई हौसला मिलेको छ ।´

यसमा तपाइको मत