
मुक्तक १
आउनलाइ त आएको छ घर आँगनीमा
सबैका माझ छाएको छ घर आँगनीमा
२०८० सालको यो तिहारको लर्को पनी,
बेसरी उर्लिएर धाएको छ घर आँगनीमा ।
मुक्तक २
आउँछ चिन्ता लाउँछ पिर यस्तै यस्तै हो
यो जीवन अनि तक्दिर यस्तै यस्तै हो
बाचुन्जेल सम्म तेरो मेरो भन्दै हिड्नेहरू
मरेपछि मात्र हुन्छन् हाजिर यस्तै यस्तै हो ।
रिता खराल,
गैडहवा गाउँपालिका-९,रूपन्देही



