साहित्य, संस्कृति र कला

- चण्डी प्रसाद पौडेल


 

संस्कृति सभ्यता हाम्रो

जीवित रहनु पर्दछ ।

त्यस्लाई हामीले मर्म

मर्ममा भर्नु पर्दछ ।

 

साहित्यले नै संस्कृति

अलङ्कृत गर्नु पर्दछ ।

साहित्य गहना जस्को

संस्कृति ठान्नु पर्दछ ।

 

म को थिएँ भनी जान्न

संस्कृति बुझ्नु पर्दछ ।

साहित्यका सुगन्धैले

सुगन्धिकत पार्नु पर्दछ  ।

 

संस्कृति अनि साहित्य

आपस्मा भिझ्नु  पर्दछ ।

साथै त्यस्का कला रुपी

फुलले गुँथ्नु पर्दछ ।

 

कस्तो खान्थ्यौँ लगाउँथ्यौँ

दिन चर्यादि के थिए ।

यी सबै अघिका कार्य

कसरी गर्नु पर्दथे।

 

लेखा जोखा सबै यिन्को

यथार्थ खुल्नु पर्द्छ ।

साहित्य रुपी रसले

यस्लाई भर्नु पर्दछ ।

 

घडा संस्कृतिको हाम्रो

कलाले सज्नु पर्दछ

सभ्यता रूपी  स्थानैमा

संस्थापित गर्नु पर्दछ ।

 

 

 

यसमा तपाइको मत