अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न महिला काठमाडौंबाट पक्राउ

- कृष्ण गोपाल श्रेष्ठ फसी


काठमाडौँ । अछाममा १८ वर्षीय किशोरको हत्यामा संलग्न भएको आरोपमा काठमाडौंबाट एक जना महिला पक्राउ परेकी छन । पक्राउ पर्नेमा अछामकै पञ्चदेवल बिनायक नगरपालिका–८ घर भएकी ३० वर्षीय लक्ष्मी सुनार रहेकी छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बिहीबार काठमाडौंको माछापोखरीबाट पक्राउ गरेको हो । कात्तिक १७ गते पञ्चदेवल बिनायक–८ का १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या भएको थियो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार उक्त हत्यामा संलग्न रही फरार भएको आरोप लागेकी सुनारलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय अछाम पठाइएको छ ।

यसमा तपाइको मत