उनको प्रतीक्षामा म
अनु पराजुली
म उनको प्रेममा लिप्त थिए
उनको आँखामा पुरै संसार र
उनको मुस्कानमा संसारको सबै खुशी पाउथे म
मलाई मोह थियो
त्यो कुहुकुहु कराउने कोहिलीको स्वरसँग
मलाई रमाउन मन थियोे
मगमगाउने फूलहरूका बास्नाका बिचमा
म ती सेता हिमाल हेरेर
आनन्द लिने गर्थे
म यहिका डाँडापाखामा रमाउने गर्थे
मलाई काला आँखा र लामा केश भएकी
नारी साह्रै मन पर्थियो
तर आज थाहा पाए
उनलाई कोहिलीको स्वर पनि
झन्झनावट महसुस हुने रहेछ
बनपाखा जान छोडेको छु आजभोलि
जब थाहा पाए
उनलाई फूलका वास्नाहरू मन पर्दैन भनेर
जब थाहा पाए
उनलाई प्राकृतिक सौर्न्दर्यभन्दा
रंगीन दुनियाँ मनपर्छ भनेर
आजभोलि म पनि
पव र पार्टी धाउन थालेको छु
जब थाहा पाए
उनलाई काला आँखा भन्दा
निला आँखा मनपर्छ
आज मलाई प्रेम रंग नै
निलो लाग्न थालेको छ
तर यति हुँदाहुँदै पनि
म उनको प्रेममा रङ्गिन खोज्दैथिए
उनले घण्टौ कसैको प्रतीक्षा गरिरहदा
म उनको कल्पनामा थिए
उनीभित्र मेरो संसार देख्न थालेको थिए
तर उनले मलाई कहिल्यै बुझेनन
मैले आशा गरेको छु
उनले प्रतीक्षा गरेको मान्छे
पाए कि पाएनन?
तर म पिडामा छु
उनको यादमा
उनको प्रतीक्षा



