मुक्तक १
भित्र व्यथा लुकाएर बाहिरमात्रै हाँस्ने धेरै छन्
मनमा लाखौँ स्वार्थ बोकी माया गाँस्ने धेरै छन्
स्वार्थी यो दुनियाँमा कसको के कुरामा भर पर्नु
क्षणिक सुखका लागि चोखो माया मास्ने धेरै छन्
मुक्तक २
केवल तिम्रो खुसिकाे लागि मन दुखाएँ मुटु दुखाएँ मैले!!
कसैका लागि नखसेका आँसु तिम्रो लागि खसाएँ मैले!
काेमल मुटुमा लागेकाे अनेक चाेट पीडाहरू आज ,
उनका ती झुटाे मुस्कानहरूमा सहजै लुकाए मैले!



